तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

Add Samajik bikash office

बेनी, ः मुस्ताङ देखि संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ ।

घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीदेखि करिब २३ किलोमिटर पदमार्ग निर्माण र स्तरोन्नति गरिएको हो । गाउँपालिकाको २ वटा शिर्षकको र एक्यापको बजेटबाट फरक फरक ठाउँमा पदमार्ग निर्माण भएको हो ।

आर्थिक वर्ष २०८०÷०८१ मा घरपझोङ गाउँपालिकाले २ वटा शिर्षकमा रु. ५० लाख बजेट बिनियोजन गरेको तिलिचो ताल जोड्ने पदमार्ग मर्मत तथा स्तरोन्नति योजनाका लागि एक्यापले पनि रु. १० लाख खर्च गरेको छ ।

Shreekrishna hardwear in news

घरपझोङ गाउँपालिकाका रोजगार संयोजक शर्मीला श्रीसले प्रधानमन्त्री रोजगार कार्यक्रमको रु. २१ लाख ४९ हजार र गाउँपालिकाको थप रु. २८ लाख ५८ हजार बजेटबाट वडा नम्बर ४ र ५ को विभिन्न ठाउँमा २२ किलोमिटर पदमार्ग बनाएको जानकारी दिनुभयो ।

“२ वटा वडाका १४÷१४ जना बेरोजगार युवाहरुलाई पदमार्ग निर्माणमा परिचालन गरिएको थियो,” उहाँले भन्नुभयो “साघुरो र जोखिमयुक्त ठाउँमा ४ फिट फराकिलो पदमार्ग बनाएर सहज रुपमा आवत जावत गर्न सकिने बनाइएको छ ।”

झोर खोलादेखि –नमखुलेंक खर्क–निलगिरि आईसफल– छमा ताल पहुँच मार्गको सोचिलेंक सम्म पदमार्ग निर्माण तथा स्तरोन्नति गरिएको रोजगार संयोजक श्रीसले बताउनुभयो ।

Bhautik ministry notice about road

एक्याप मार्फत पाँच हजार १२० मिटर उचाईमा रहेको मेरोकोन्दो पास क्षेत्रमा ९५० मिटर पुरानो पदमार्ग मर्मत र ६०० मिटर नयाँ पदमार्ग निर्माण गरिएको बरिष्ठ रेञ्जर सञ्जोक थकालीले जानकारी दिनुभयो ।

जोमसोम–ठनी हुँदै बढीमा ३ दिनमा तिलिचो पुगेर फर्कन सकिने यो पदमार्ग समुद्री सतहदेखि ४ हजार ९१९ मिटर उचाइमा अवस्थित संसारकै अग्लो स्थानमा रहेको मानिएको यो ताल पुग्ने छोटो पदमार्ग भएको रेञ्जर थकालीले बताउनुभयो ।

प्राकृतिक सौन्दर्ययुक्त तिलिचो ताल, नीलगिरि हिमाल, नमखु लेक, हिमचितुवाको बासस्थान, धुम्बा ताल, ह्यारझु भ्यु प्वाइन्ट, ठिनीगाउँ, ऐतिहासिक घरफझोङ किल्ला, कैश्याङ क्याम्प, थकाली कला र संस्कृति, भेडा च्याङग्रा तथा चौरीको गोठ यो पदमार्गका आकर्षण हुन् ।

यसैगरी मुस्ताङमा यस वर्ष एक्यापको रु. २७ लाख ३२ हजार ५०९ बजेटमा तिलिचो ताल जोड्ने सहित ६ ठाउँमा पदमार्ग निर्माण र स्तरोन्नति गरिएको छ । उपभोक्ताहरुले रु. १ लाख ३२ हजार बराबरको श्रमदान गरेका छन् ।

रु. ५÷५ लाख बजेटमा थासाङ गाउँपालिकाको घैकु–मिसी– लेते–कालोपानी पदमार्गमा ४५० मिटर मर्मत र चोखोपानी क्षेत्रमा ६५ मिटर पदमार्ग निर्माणका साथै ५५ थान ग्यावीयन पर्खाल निर्माण भएको छ । रु. १ लाख बजेटमा सौरु सिरकुङ–ताग्मी–फुरतमी क्षेत्रमा २ वटा सल्याब, १२ थान ग्यावीयन बक्स राखेर पदमार्ग मर्मत गरिएको छ ।

जोमसोम–कागबेनी–मुक्तिनाथ सडक बनेपछि पहिचान भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथ–लुप्राखोला पदमार्गमा २ हजार १७९ मिटर र मनाङ हुदै ५ हजार ४०० मिटर उचाईको थोराङ्ला झञ्ज्याङ पार गरेर मुस्ताङ आउने बाटोमा ७१९ मिटर पदमार्ग निर्माण भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...