एमाले म्याग्दीले पुष्पलाल सम्झीयो

Add Samajik bikash office

बेनी, । नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको ४६ औ स्मृति दिवसमा सोमबार नेकपा एमाले म्याग्दीले बेनीमा बिचार गोष्ठिको आयोजना गरेको छ ।

हाँडेभिर स्थित एमालेको पार्टी कार्यालयमा “नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान” विषयमा बिचार गोष्ठि भएको हो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य भुपेन्द्रबहादुर थापाले तानाशाही शाषक व्यवस्थाका विरुद्धमा प्रजातान्त्रिक र कम्युष्टि शक्तिलाई एकआपसमा मिलाएर आन्दोलनको सफल नेतृत्व गर्नुभएका पुष्पलालको योगदानको चर्चा गर्नुभयो ।

Bhautik ministry notice about road

एमालेका गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानिया, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीले पुष्पलालको दर्शन, बिचार र ब्यवहार अझै सान्र्दभिक रहेको बताउनुभयो ।

Shreekrishna hardwear in news

वि.स. १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलाल श्रेष्ठ लगायतका नेताहरुले वि.स. २००७ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । पुष्पलालको वि.स. २०३५ मा निधन भएको हो । एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षता, सचिव थमसरा पुनको सञ्चालन र कार्यालय सचिव हरिकृष्ण सुवेदीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...