गलेश्वरमा साउने सोमबार मेला शुरु

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा साउन महिनाको सोमबारे मेला शुरु भएको छ ।

यस वर्षको पहिलो पहिलो सोमबार अ बिहानदेखि गलेश्वरधाम शिवालय मन्दिरमा भक्तजनहरूको चहलपहल भएको थियो । गलेश्वर शिवालयमा पूजाआजा र दर्शनका लागि म्याग्दी, बागलुङ, पर्वत, पोखरा लगायतका जिल्लाहरूबाट भक्तजनहरू उल्लेख्य मात्रामा आएका छन् । भक्तजनहरूका कारण गलेश्वर क्षेत्रमा चहलपहल बढेको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

साउने सोमबार बिहानै स्नान गरी शिवालयमा दर्शन गरेमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहेको छ । गलेश्वर शिवालय मन्दिरमा पूजा आराधना र दर्शन गर्न महिला तथा युवायुवतीहरूको सङ्ख्या धेरै आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार बिहानै देखि भक्तजनहरू लामबद्ध भएर मन्दिरमा पूजा र दर्शन गरेका छन् ।

Shreekrishna

साउन महिनामा शिवालय मन्दिरमा गङ्गाजल र बेलपत्रले पूजा गरेमा भगवान् शिव खुसी भई मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहेको कारण साउन महिनाभरी गलेश्वरमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्दछ । मुक्तिनाथ प्रवेशद्धारका रूपमा रहेको गलेश्वर शिवालयमा साउन महिनामा भारतीय भक्तजनहरू पनि उल्लेख्य मात्रामा आउने कोषले जनाएको छ ।

कालीगण्डकी र राहुघाट नदीको किनारमा ९ रोपनी क्षेत्रफलको चट्टान माथि फैलिएको गलेश्वर शिवालय मन्दिरमा पूजा गर्न आउने भक्तजनलाई व्यवस्थित रूपमा पूजा गराउन गलेश्वर क्षेत्र विकास कोष, प्रहरी, गलेश्वर आमा समूह, लगायतले स्वयंसेवकको भूमिका निर्वाह गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...