फापरखेतमा पहिरो पन्छाएपछि बेनी–दरवाङ सडक १० दिनपछि खुल्यो

khali

बेनी, म्याग्दीको ३ वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक १० दिनपछि आज साँझदेखि सञ्चालनमा आएको छ ।

बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा पहिरो खसेपछि असार २८ गतेदेखि पश्चिम म्याग्दीको लाइफलाइन मानिएको २४ किलोमिटर दुरिएको बेनी–दरवाङ सडक अवरुद्ध भएको थियो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले डोजर परिचालन गरेर पहिरो पन्छाएपछि आइतबार साँझदेखि सडक सञ्चालनमा आएको हो । कार्यालयका सवईञ्जिनियर रविन चोखालले सडकमा थुप्रिएको पहिरो पन्छाएर यातायातका साधन सञ्चालन गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
khali

सडक अवरुद्ध हुँदा मंगला, मालिका र धवलागिरी गाउँपालिकाको जिल्ला सदरमुकाम बेनी बजारसँग यातायात सम्पर्क बिच्छेद भएको थियो । सर्वसाधारणलाई आवत जावत, बिरामीलाई अस्पताल लैजान, दैनिक उपभोग्य सामान ढूवानी, कृषि उपज निकासी प्रभावित बनेको थियो ।

निर्माण सामग्री ढुवानी गर्न समस्या हुँदा पश्चिम म्याग्दीमा निर्माणाधिन जलविद्युत, सडक, भवन, प्रशारण लाइन, सवस्टेशन आयोजनाको काम प्रभावित बनेको छ । फापरखेतको करिब १०० मिटर दुरिमा पाखोबाट खस्ने सुख्खा पहिरो गण्डकी प्रदेश सरकारले स्तरोन्नति गरिरहेको बेनी–दरवाङ सडकको चुनौति बनेको छ ।

म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडान र सडक निर्माणका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गरिएको बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...