राहुघाटको मुख्य सुरुङ जोडिन १३ मिटर बाँकी

Add Samajik bikash office

म्याग्दी, ः नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रर्वद्धक रहेको राहुघाटको पहिलो र दोस्रो अडिट जोड्ने २ हजार ३३२ मिटर लामो सुरुङ जोडिन लागेको हो । रघुगंगा गाउँपालिका–४ दग्नामको फेदीमा रहेको बाँध देखि वडा नम्बर ३ अधेरीखोलाको दोस्रो अडित जोड्ने १३ मिटर सुरुङ मात्र खन्न बाँकी रहेको राहुघाट जलविद्युत आयोजनाका व्यवस्थापक राजबहादुर बिष्टले बताउनुभयो ।

“६ हजार २०० मिटर मध्य शनिबारसम्म ६ हजार १८७ मिटर सुरुङ निर्माण भएको छ,” उहाँले भन्नुभयो “केही दिनमा मुख्य सुरुङ ब्रेक थ्रु गर्ने तयारी भएको छ ।” ३ हजार ८३६ मिटर लामो दोस्रो र तेस्रो नम्बर अडिटको सुरुङ गत फागुनमा छेडिएको थियो ।

Shreekrishna hardwear in news

रघुगंगा गाउँपालिका–३ पिप्ले स्थित मुख्य सुरुङको आउटलेट (अन्तिम बिन्दु) देखि तिल्केनीचौरमा निर्माणाधिन विद्युतगृहमा पानी खसाल्ने पाइपलाईन राख्ने १ हजार ४९ मिटर लामो प्रेसर सफा्ट सुरुङ गत जेठ महिनामा जोडिएको थियो ।

मुख्य सुरुङबाट आउने पानीलाई विद्युतगृहमा लैजाने पाइपलाईन राख्नका लागि प्रेसर साफ्ट बनाइएको हो । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । आयोजनाको सिभिल तर्फको समग्रमा भौतिक प्रगति ५७ प्रतिशत छ ।

Bhautik ministry notice about road

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्काको ४५ महिनाको अवधीमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ । पछिल्लो समय ठेकेदार कम्पनीमा देखिएको आर्थिक संकटको असर राहुघाट जलविद्युत आयोजना निर्माणमा देखिएको आयोजना व्यवस्थापक बिष्टले बताउनुभयो ।

२०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परिक्षण गरि आयातको प्रक्रिया अघि बढाइएको छ । इलेक्ट्रोमेकानिकल तर्फको भौतिक प्रगति २२ प्रतिशत छ ।

रघुगंगा गाउँपालिकाको वडा नम्बर ४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रबिधिको बाँध र तिल्केनीचौरमा विद्युतगृहको संरचना निर्माण तिब्रताका साथ भैरहेको छ ।

घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरि बिद्युतगृह र बाँधलाई सिधा सडकले जोडिएको छ । कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएल सँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना निर्माण अघि बढाइएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...