म्याग्दी प्रहरीको गतिबिधि सार्वजनिक

Gandaki Kotihome

बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०÷०८१ मा गरेका गतिबिधि सार्वजनिक गरेको छ ।

बेनीमा शनिबार आयोजित कार्यक्रममा कार्यालय र मातहतका इकाईहरु मार्फत भएका गतिबिधी सार्वजनिक गरिएको हो । गत वर्ष समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत २ हजार १४६ पटक गरिएको लघु सचेतना कार्यक्रम तथा ग्रामिण गस्ती कार्यक्रममा ६७ हजार ३८६ जना सर्वसाधारण लाभान्वित भएका छन् ।

सुरक्षा कायम गर्नका लागि १ हजार ३४४ पटक ग्रामिण भएको छ । कार्यालयमा दर्ता भएका १०८ वटा मध्य ४५ वटा मुद्दाको फस्यौट र ६३ वटा बाँकी रहेका छन् । १७ वटा घरेलु हिंसा सम्बन्धी उजुरी परेकोमा सबै उजुरीको मिलापत्र भएको छ ।

Upper Myagdi transmition line notice

महिला, बालबालिका तथा जेष्ठ नागरिक विरुद्ध भएका ८ वटा ठाडो उजुरी परेकोमा सबै मिलापत्र भएको छ । अदालतले गरेका फैसला कार्यान्वयनका लागि २६ जनालाई पक्राउ गरेर रु. ८४ लाख ९७ हजार ९४४ जरिवाना र २७ वर्ष ९ महिना २३ दिन कैद सजाय असुल उपर गरिएको छ ।

Annapurna aarohan ko notice

ट्राफिक नियम उल्लङ्घन गर्ने ९ हजार १५० सवारी साधनलाई गरिएको कारबाहीबाट रु. ६८ लाख ८८ हजार राजस्व संकलन भएको छ । गत वर्ष भएका २२ वटा सवारी दुर्घटनामा १० जनाको मृत्यु र ३० जना घाइते भएका छन् । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने ३५८ जना सवारी चालकहरुलाई रु. ३ लाख ८८ हजार जरिवाना तिराइएको छ ।

९३६ वटा ट्राफिक सचेतनामुलक कार्यक्रमबाट ६५ हजार ७ जना लाभान्वित भएका छन् । ४८ जना मानिस हराएको उजुरी परेकोमा ३५ जना भेटिएका र १३ जना फेला परेका छैनन् । गत वर्ष म्याग्दी प्रहरीले लागु औषध विरुद्धको अभियान र त्यसमा संलग्नहरुको पक्राउलाई अतिरिक्त उपलब्धीको रुपमा लिएको छ ।

५ वटा लागू औषध सम्बन्धी मुद्दामा संलग्न ८ जनालाई पक्राउ गरेको छ । ७ के.जी. १८ ग्राम गाँजा, ४ के.जी., ४६ ग्राम चरेश, ९०० क्याप्सुल ट्रामाडेल क्याप्सुल, १० स्पासमो र एन्टिकोप ५० ट्याब्लेट बरामद भएको छ ।

प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, जिसस प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी खत्री, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायतको उपस्थिति रहेको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...