पोखरामा बस्दै आएका म्याग्दी दरका भिजिन्द्र बेपत्ता

khali

पोखरा, । पोखरामा बस्दै आएका म्याग्दीको धवलागिरी गाउँपालिका–३ दरका एक जना युवा वेपत्ता भएका छन् ।

khali

पोखरा–१५ नयाँ गाउँमा डेरामा बस्ने ३७ वर्षीय भिजिन्द्र बुढा यही साउन ४ गते शुक्रबार दिउँसोदेखि वेपत्ता भएका हुन् । घसैलाई नसोधी घरबाहिर गएका भिजिन्द्र शनिबार साँझ सम्म पनि नभेटिएको बहिनी मनिषा बुढाले बताउनुभयो ।

“म औषधी किन्न पसलमा गएको थिए,” उहाँले भन्नुभयो “म आउँदा दाई कोठामा नभेटिएपछि आफन्त, छिमेकीकहाँ र प्रहरी मार्फत खोजी गरिरहेका छौ । अहिलेसम्म भेटिनु भएको छैन् ।” हराएको बखत भिजिन्द्रले रातो रङगको टिसर्ट र पहेलो धर्का भएको कालो ट्याक लगाएका थिए ।
भिजिन्द्रलाई कसैले देखे भेटेमा ९८२५१०२४२० र ९८६३०४२१९२ मा सम्पर्क गरिदिन अथवा प्रहरीलाई बुझाईदिन मनिषाले अनुरोध गर्नुभएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...