गलेश्वरमा बहुउद्देश्यीय सभाहल निर्माण

Add Samajik bikash office

गलेश्वर। म्याग्दीको बेनी नगरपालिका ९ मा रहेकोे प्रसिद्ध धार्मिक स्थल गलेश्वरमा बहुउद्देश्यिय सभाहल निर्माण भएको छ ।

गलेश्वर जेष्ठ नागरिक आश्रममा बसोबास गर्ने जेष्ठ नागरिकहरुको सुविधाका लागि निर्माण गरिएको सभाहलको बेनी नगरपालिका ९ का वडा अध्यक्ष चक्र केसी र गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले उद्घाटन गर्नुभयो ।

रु. १८ लाख ४९ हजार ६५० को लागतमा निर्माण भएको प्रिफेक प्रबिधिको सभाहलको क्षमता १३० जना रहेको छ । भवन निर्माण समितिका कोषाध्यक्ष लक्ष्मण चालिसेले रु. १९ लाख ७४ हजार २७६ लागत अनुमान गरिएको सभाहल अनुमान भन्दा कम खर्चमा सम्पन्न गरेको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सामुदायिक स्वास्थ्य इकाईको भवनमा तला थप गरेर सभाहल बनाइएको हो । सभाहल निर्माणका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषले रु. १५ लाख सहयोग गरेको अध्यक्ष रेग्मीले बताउनुभयो । उहाँका अनुसार गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटिको रकम मध्यबाट सभाहल बनाउन सहयोग गरिएको हो ।

यसैगरी गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको रु. ३ लाख ४९ हजार ६५० लगानी भएको छ । भवनमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले रु. ५० हजार मुल्य बराबरको सोफासेट र पोडिएम उपलब्ध गराएको प्रतिनिधी बालकृष्ण खत्रीले बताउनुभयो ।

सभाहल निर्माण भएपछि जेष्ठ नागरिकहरुलाई भजनकिर्तन गर्न, कार्यक्रम सञ्चालन गर्न र आश्रय लिनका लागि सहज हुने गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।

यसअघि जेष्ठ नागरिक भजनकिर्तनका लागि गलेश्वर मन्दिरमा जाने गरेका थिए । खुल्ला ठाउँमा कार्यक्रम आयोजना गर्नुपर्ने समस्या थियो । आश्रममा हाल ५० जना जेष्ठ नागरिक रहेका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...