एनआरएनए न्युजिल्याडका अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकता लिनुभयो

Add Samajik bikash office

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनामा जन्मिएर ब्यवसायको शिलशिलामा न्युजिल्याडमा बस्नुहुने लालबहादुर केसीले गैरआवासीय नेपाली नागरिकता लिनु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्याडका अध्यक्ष समेत रहनुभएका केसीले बिहिबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट एनआरएनए नागरिकता लिनुभएको हो । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले केसीलाई नागरिकता प्रदान गर्नुभएको थियो ।

न्युजिल्याण्डमा व्यवसायसँगै ब्यवसायिक किबी खेती गर्नुभएका केसीले सुर्केमेला र बास्कुनामा पनि ब्यवसायिक सुन्तला खेती गर्नुभएको छ । नागरिकता प्रदान गर्ने क्रममा संविधानसभा सदस्य गोविन्द पौडेल, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शेरबहादुर केसी पनि सहभागी हुनु भएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले २०८० मा ३० र २०८१ मा ५ जनाले एनआरएनए नागरिकता बनाएका जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय म्याग्दीले कत्तिक १७ गतेदेखि गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्न थालेको थियो ।

२०८० जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालको नागरिकता पाउने बाटो खुलेको थियो । वि.स. २०७२ मा जारी भएको नेपालको संविधानले गैरआवासीय नागरिकताको व्यवस्था गरेको थियो ।

एनआरएन नागरिकता लिनेहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउदैनन् ।े नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न भने पाउँछन् । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्था ऐनमा छ ।

गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...