म्याग्दीमा सामाजिक विकासका शत प्रतिशत योजना र कार्यक्रम कार्यान्वयन

Add Samajik bikash office

बेनी, ः सामाजिक विकास कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०÷०८१ मा शतप्रतिशत योजना र कार्यक्रम कार्यान्वयन गरेको छ ।

गण्डकी प्रदेश सरकारले कार्यालयलाई बजेट बिनियोजन गरेर पठाएको सबै योजना र कार्यक्रम कार्यान्वयन भएको हो । कार्यालयका प्रमुख रमेश थापाले चालु तर्फका २९ वटा कार्यक्रम र पुजिँगतका २६ वटा योजनाहरु रहेकामा सबै सम्पन्न गरेको जानकारी दिनुभयो ।

“पुजिगत तर्फ बिनियोजन भएको रु. १ करोड ५१ लाख मध्य ९९.८ प्रतिशत अथवा रु. १ करोड ४९ लाख ७४ हजार ७९९ खर्च भएको छ,” उहाँले भन्नुभयो “चालु शिर्षकमा रु. २ करोड ८२ लाख ७४ हजार बिनियोजन भएकोमा ७६.८३ प्रतिशत अथवा रु. २ करोड २० लाख ८२ हजार ९३७ खर्च भएको छ ।”

Shreekrishna hardwear in news

अन्नपूर्ण गाउँपालिका–५ को शिख र धवलागिरी गाउँपालिका–७ को हेम नमुना आवासीय माविमा सञ्चालित आवासीय विद्यालयको छात्रावास भवन निर्माण सम्बन्धी योजनाको कामको प्राविधिक मूल्याङ्कन अनुसार बिल घटाएर भुक्तानी गरिएकाले चालु शिर्षकको वित्तीय प्रगति कम देखिएको थापाले बताउनुभयो ।

दुर्गम क्षेत्रका विद्यार्थीहरुको शिक्षामा पहुँच बढाउन आवासीय विद्यालय सञ्चालनका लागि कार्यालयले शिख र हेन नमुना आवासीय माविलाई रु. ८÷८ लाख अनुदान दिएको छ । १५ वटा खेलमैदान निर्माण भएका छन् ।

Bhautik ministry notice about road

बेनी नगरपालिकाको पालिन्धारा, बगरफाँट, पात्लेखेत, अन्नपूर्ण गाउँपालिकाको दोसल्ले, रघुगंगाको खहरेखोला, पाखापानी औला, मौवाफाँट, मंगला गाउँपालिकाको सिर्कुम, बरंजा, मालिकाको बिम डाडागाउ, दुखुबेशी, धवलागिरी गाउँपालिकाको ताकममा कवर्डहल, मुदीको वुद्धिविकास मावि र मराङको डाफे युवा क्लवको खेलमैदान निर्माण भएका हुन् ।

अन्नपूर्ण गाउँपालिकाको दानामा जनकल्याण बालशिक्षा, काफलडाडा आधारभूत विद्यालयको घेराबार, मंगला गाउँपालिकाको त्रिुभुवन मंगला मावि घेराबार, रघुगंगा–३ गायत्री मन्दिर घेराबार, बेनपा–६ को गुफामा रामन्दिर, रघुगंगाको झिँमा तपोवन शिवालय सन्यास आश्रम र बेनी नगरपालिकाको जगन्नाथ मन्दिर मर्मत गरिएको छ ।

बेनपा–८ मा नविन आनन्द योग केन्द्रको भवन, बेनपा–६ मा अपाङ्ग संघको भवन घेराबार र मालिका–६ मा ईशाइ भवन मर्मत र शौचालय निर्माण भएको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो ।

किशोरीहरुको आत्मरक्षा, बालमेत्री स्थानीय शासन प्रर्वद्धन, अपाङ्गता भएका नागरिकहरुलाई असायता सामग्री वितरण, महिलाहरुको लागि निशूल्क लोक सेवा तयारी कक्षा सञ्चालन, जेष्ठ नागरिकमा रहेको ज्ञान, सिप र अनुभव अन्तरपुस्ता हस्तान्तरण गर्ने लगायतका कार्यक्रम गरिएको छ ।

आर्थिक वर्षको पहिलो चौमासिक देखिनै कार्ययोजना बनाएर कर्मचारीहरुलाई परिचालन, स्थानीय तहका जनप्रतिनिधी, संघ संस्था र सरोकारवालाहरुसँग समन्वय गरेर तोकिएको समयमै योजना र कार्यक्रम कार्यान्वयन गर्न सफल भएको कार्यालय प्रमुख थापाले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...