जलजलाको मल्लाजमा सडक कालोपत्र

khali

मल्लाज, । पर्वतको जलजला गाउँपालिकाको तीन वटा वडा समेटिएको मल्लाजको बिच भागमा रहेको सडक मार्ग खुलेको २७ वर्षपछि कालोपत्र भएको छ । मल्लाज म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको बाक्लो जनघनत्व रहेको बस्ती हो ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले मल्लाजलाई एकीकृत बस्तीको रूपमा विकास गर्ने योजनाअनुरुप सडक कालोपत्र गरेको हो । जलजला गाउँपालिका–३ का वडा अध्यक्ष एकिन्द्र खत्रीले वडा नं. ४ को दोवदोवे देखि वडा न. ३ र २ को मल्लाज हुदै वडा नम्बर १ बाँसखर्कको सिमाना सम्म ३ किलोमिटर १०० मिटर कालोपत्र र २५० मिटर सडक ढलान भएको बताउनुभयो ।

‘वि.स. २०५४ तिर ट्याक खनेको यो सडक करिब ३ दशकपछि स्तरोन्नति भयो,’ उहाँले भन्नुभयो ‘५ किलोमिटर कालोपत्र र ढलान गर्ने भनिएपनि आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा कार्यक्रम नपरेको । कतिपय ठाउँमा जग्गाको बिवादले पुरा काम नगरी ठेकेदार गए ।’

Shreekrishna hardwear in news

वर्षौको प्रतिक्षापछि गाउँको बिच भागमा रहेको सडक कालोपत्र भएपछि सफा र चिटिक्क देखिएको छ । हिउँदमा धुलो र बर्खामा हिलोको समस्या हटेकोमा जलजला–४ हटियाका जनक अधिकारीले खुसी व्यक्त गर्नुभयो ।

default

‘मल्लाजमा बाटो पिच भएपछि रौनक छाएको छ,’ उहाँले भन्नुभयो ‘जनप्रतिनिधी र कार्यालयले सहजिकरण, समन्वय गरेर सबै ठाउँमा ढलान, कालोपत्र गराउन सकेको भए झनै राम्रो हुने थियो ।’ ५ मिटरका दरले प्रिमिक्स प्रबिधिको कालोपत्र भएको छ ।

khali

सडक निर्माणका लागि वि.स. २०७९ असार १९ गते आयोजना र गणेशकुण्ड आइएम जेभीबीच ११ करोड १२ लाख ३१ हजारमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले निर्धारित १८ महिनामै सम्पन्न गर्ने लक्ष्य सहित काम गरेपनि बजेट अभाव र योजनानै काटिएपछि तोकिएको परिणामको काम सकेर ठेक्का टुङ्गाउने प्रक्रीयामा रहेको जनाएको छ ।

यो सडकबाट जलजला गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडाका बासिन्दा लाभान्वित भएका छन् । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले मल्लाजलाई सहरउन्मुख वस्तीको रुपमा विकास गर्ने उद्देश्यले सडक, अस्पताल भवन लगायत पूर्वाधारका आयोजना सञ्चालन गरिएको बताउनुभयो । यसअघि २ करोडको लागतमा स्तरोन्नति गरिएको पर्वतबेनी–मल्लाज सडकको बाँकी काम सम्पन्न गर्न यस वर्ष ५० लाख बिनियोजन गरेको उहाँले बताउनुभयो।

संघीय सरकारको रणनीतिक महत्वका सडक कार्यक्रम मार्फत मल्लाज–लेकफाँट सडक स्तरोन्नति गर्न ३७ करोडको आयोजना कार्यान्वयनमा छ । रायमाझी कन्ट्रसन प्रा.ली.ले ठेक्का लिएको यो सडकको ढलान गर्ने काम सकिएको र आगामी असोजमा कालोपत्र गर्ने तयारी भएको जलजला–२ का वडा अध्यक्ष प्रकाश जिसीले बताउनुभयो ।

मल्लाजको भुरतुलाको डिलदेखि लेकफाँट सम्म करिब १० किलोमिटर सडक ७ मिटर चौडाईका दरले कालोपत्र र ढलान गर्न नाली, पर्खाल निर्माण गर्ने, घुम्ति तथा ग्रेड सुधार गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

मल्लाजमै १२ करोड रुपैयाँको लागतमा ५ शैया क्षमताको अस्पताल भवन पनि निर्माणको अन्तिम चरणमा रहेको जलजला–४ का वडा अध्यक्ष भरत जिसीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिका मार्फत सञ्चालित अस्पताल भवन निर्माण योजना आगामी असोज महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

default

सडक स्तरोन्नति तथा अस्पताल सञ्चालन भएपछि आवत जावत सहज र सुरिक्षत हुने, बसाई सराई रोकिने, आयआर्जन र रोजगारीको अवसर बढ्ने जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य बताउनुहुन्छ । मल्लाजमा एक घर एक धारा सहितको खानेपानी र बृहत सिचाई आयोजना यसअघिनै निर्माण भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...