विद्यार्थीलाई उद्यमी बनाउदै म्याग्दी क्याम्पस

Add Samajik bikash office

बेनी, ः बेनीमा समुदाय स्तरबाट सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले विद्यार्थीलाई स्वरोजगार बनाउन उद्यमशिलता सहायता कार्यक्रम सञ्चालन गरेको छ ।

विद्यार्थीलाई उच्च शिक्षासँगै उद्यम, व्यवसायमा संलग्न, स्वरोजगार बनाई कामको खोजिमा विदेशिनुपर्ने समस्या हटाउनका लागि विश्व विद्यालय अनुदान आयोगको सहयोगमा कार्यक्रम शुरु गरेको हो ।

म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीले आयोगले आर्थिक वर्ष २०८०÷०८१ मा रु. १५ लाख बजेट उपलब्ध गराएको कार्यक्रम मार्फत विद्यार्थीहरुलाई उद्यमशिलता तालिम, सफल व्यवसायको स्थलगत अध्ययन र विद्यार्थीहरुहरुबाट ब्यवसाय सञ्चालनका लागि प्रस्ताव संकलन गरिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

“उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुलाई कामको खोजीमा विदेशिन रोक्ने र आफै उद्यमी बन्न सघाउन कार्यक्रम मार्फत रु. ४० लाख सम्म ब्याज बिनाको ऋण उपलब्ध गराउने व्यवस्था छ,” उहाँले भन्नुभयो “म्याग्दी क्याम्पसमा अध्ययन गर्ने र अध्ययन पुरा गरिसकेका १३ जना विद्यार्थीहरुले उद्यमशिलता सहायता कार्यक्रमका लागि प्रस्ताव पेश गरेका छन् ।”

Bhautik ministry notice about road

संकलित प्रस्तावहरु मध्य मूल्याङ्कन समितिको सिफासिरमा ५ वटा छनौट गरेर विउपुजिका लागि आयोगमा पठाइने कार्यक्रम संयोजक रामजीप्रसाद सुवेदीले बताउनुभयो । तरकारी, फलफुल खेती, मौरी, बाख्रा, होटल व्यवसाय र वन पैदावारमा आधारित उद्यम सम्बन्धी प्रस्ताव परेको छ ।

विद्यार्थीलाई पढ्दै कमाउदै गर्ने बनाउन कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको कार्यक्रम संयोजक सुवेदीले बताउनुभयो । यसैगरी म्याग्दी बहुमुखी क्याम्पसले कक्षा ११ मा कम्प्युटर विज्ञान विषयको पठनपाठन सञ्चालन गरेको छ ।

५० जना क्षमताको कम्प्युटर प्रयोगशाला भएको क्याम्पसले स्नातक र स्नाकोत्तर तहमा पनि कम्प्युर विज्ञान विषयको पठनपाठन सञ्चालन गरेपछि सो विषय अध्ययनका लागि काठमाडौ, चितवन लगायतका सहरमा पुग्नुपर्ने समस्या हटेको छ ।

शिक्षा, व्यवस्थापन र मानविकी संकायमा स्नाकोत्तर तहसम्म सञ्चालन हुने म्याग्दी क्याम्पसलाई विश्व विद्यालय आयोगले गुणस्तर प्रत्यायन सुनिश्चितता (क्युएए) प्रदान गरेको छ । कक्षा ११ देखि स्नाकोत्तर तहसम्म १ हजार १०० जना भन्दा बढी विद्यार्थी रहेका सहायक क्याम्पस प्रमुख नारायण सुवेदीले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...