मुस्ताङका ६ ठाउँमा पर्यटन पूर्वाधार निर्माण

Add Samajik bikash office

जोमसोम, ः मुस्ताङका ६ वटा पर्यटकीय स्थलमा पूर्वाधार निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पर्यटन तथा उद्योग कार्यालय मुस्ताङले कार्यान्वयन गरेका योजनाहरु मार्फत २ किलोमिटर पदमार्ग निर्माण भएको हो ।

कार्यालय प्रमुख प्रेमप्रसाद पौडेलले रु. ८० लाख बजेट बिनियोजन भएका ६ वटै योजना कार्यान्वयन भएको जानकारी दिनुभयो । “मुस्ताङमा पर्यटकको बसाई लम्बाउन र धार्मिक पर्यटकीय स्थलको सौन्दर्यकरण तथा मर्मतमा बजेट परिचालन भएको छ,” उहाँले भन्नुभयो “४ वटा योजना उपभोक्ता समिति र २ वटा कोटेशन मार्फत कार्यान्वयन भएको हो ।”

घरपझोङ गाउँपालिका–२ मा पर्ने मार्फा गाउँमा रु. ३० लाख बजेटबाट हिसरुङ गुम्बा र स्याउ उद्यान जोड्ने ढुङ्गाको सिढी बिछ्याएर पदमार्ग निर्माणका साथै सौन्दर्यकरण गरिएको छ । मार्फा गाउँको शिरमा रहेको स्याउ उद्यान जाने पदमार्गको डिलमा बक्ति जडान गरेर रातको समयमा झलमल्ल देखिने बनाइएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बेनी–जोमसोम सडक निर्माणपछि विस्थापित भएको पदमार्गको विकल्पमा थासाङ गाउँपालिकाको पहिरोथाप्ला हुदै कुञ्जो–लेते जाने भिरमा पदमार्ग निर्माण भएको छ । घासा पारिको कालीगण्डकी तिरको भिरमा पहाड प्वाल पारेर रड राखि पर्खाल उठाएर करिब ५०० मिटर पदमार्ग बनाइएको हो । रु. १० लाख बजेट भएको यो योजना निर्माणका क्रममा मजदुरहरुले शरिरमा रसी बाँधेर भिरमा झुण्डीएर पदमार्ग बनाएका हुन् ।

थासाङ गाउँपालिकाको कालोपानी देखि थुले हुदै स्याकुभ्रा सम्म लोपोन्मुख वन्यजन्तु तथा डाफे, मुनाल, चिर कालिज अवलोकन गर्ने साईकल मार्ग बनाइएको छ । रु. १० लाख बजेटबाट ढलान, सोलिङ र ग्राभेल गरेर ६०० मिटर साइकल मार्ग निर्माण भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।

रु. १० लाख बजेटबाट जोमसोम विमानस्थलमा निर्माण भएको भवनमा मुस्ताङका धार्मिक पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिन पर्यटक सूचना केन्द्र सञ्चालनको तयारी भएको छ । रु. १०÷१० लाख बजेटबाट लोमान्थाङ गाउँपालिका–३ को थिङ्गरमा माने निर्माण, लोमान्थाङ देखि ढिकी जाने २०० मिटर पदमार्ग र नाख्पा गुम्माको मर्मत गरिएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।

आर्थिक वर्ष २०८१÷८२ मा ११ वटा पर्यटकीय पूर्वाधार योजनाका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मुस्ताङमा रु. २ करोड १५ लाख बजेट बिनियोजन गरेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...