म्याग्दीका ३ वटा सामुदायिक वन उपभोक्ता समुह पुरस्कृत, कर्मचारी सुवेदी र पत्रकार गौतमलाई सम्मान

Add Samajik bikash office

वेनी, डिभिजन वन कार्यालय म्याग्दीले मंगलबार ३ वटा सामुदायिक वन उपभोक्ता समूह, १÷१ जना कर्मचारी र पत्रकारलाई पुरस्कृत गरेको छ ।

मंगला गाउँपालिका–५ को आरुबोट, मालिका गाउँपालिका–६ को पातल ठूलोचौर गोजा रातोभिर र बेनी नगरपालिका–५ भिरमुनीको चिप्लरी सिमपाखो सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृत गरेको हो ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद अधिकारी, वन अधिकृत चन्द्रमणी सापकोटाले आरुबोट, पातल ठूलोचौर र चिप्लरी सिमपाखोका पदाधीकारीलाई क्रमश नगद रु. १० हजार, ७ हजार र ५ हजार नगद सहित प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैगरी कार्यालयका वरिष्ठ प्रशासन सहायक गोविन्द सुवेदी र पत्रकार हरिकृष्ण गौतमलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सिर्जनशिल, जटिल र नया किसिमको काम गर्ने सामुदायिक वन उपभोक्ता समूहलाई छनौट गरेर पुरस्कृत गरिएको डिभिजन वन अधिकृत अधिकारीले बताउनुभयो ।

आरुबोट र चिप्लरी सामुदायिक वन उपभोक्ता समुहले अतिक्रमण हटाएर वन क्षेत्र विस्तार गरेका छन भने पातल ठूलोचौर सामुदायिक वन उपभोक्ता समूहले वन व्यवस्थापन गरेको वन अधिकृत सापकोटाले बताउनुभयो ।

म्याग्दीमा रहेका ३११ वटा मध्य सव वन डिभिजन कार्यालयहरुको सिफारिसको आधारमा मूल्याङ्कन र पुरस्कृत गरिएको वन अधिकृत रिता खत्रीले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख थापाले वन, वातावरण र विकासको सन्तुलन कायम गर्नुपर्ने बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...