म्याग्दीमा सुरक्षित गर्भपतन सेवा लिने बढे

khali

सन्तोष गौतम

बेनी, । म्याग्दीमा ११ महिनाको अवधिमा ८५० जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार २०८०÷०८१ को जेठ मसान्त सम्म गर्भपतन गराउनेको संख्या अघिल्लो आर्थिक वर्ष २०७९÷८० को १२ महिनाको भन्दा ३० जनाले बढी हो ।

तीमध्ये २० वर्ष माथिका ८३० जना र २० वर्ष मुनिका २० जना रहेका कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताउनुभयो । ८४९ जनाले १२ हप्ता सम्मको मेडिकल र १ जनाले सर्जिकल बिधिबाट गर्भपतन गरेका हुन् । उहाँका अनुसार बेनी नगरपालिकामा जिल्लामै सबैभन्दा बढी ३६४ जनाले सुरक्षित गर्भपतन गराएका छन् ।

Shreekrishna hardwear in news

बेनी नगरपालिकामा गर्भपतन गराउने मध्य २० वर्ष मुनीका १६ र २० वर्ष माथिका ३६८ जना छन् । धवलागिरी गाउँपालिकामा ७७, मालिका गाउँपालिकामा १८०, मंगला गाउँपालिकामा ११५, रघुगंगा गाउँपालिकामा ६९ र अन्नपूर्ण गाउँपालिकामा २४ जनाले सुरक्षित गर्भपतन सेवा लिएका सुचना अधिकारी सुवेदीले बताउनुभयो ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कमा यो अवधीमा अन्नपूर्ण गाउँपालिकाका १ जनालाई गर्भपतनका कारण जटिलता भएको छ । गर्भपतन पश्चात ७१७ जनाले छोटो र १७८ जनाले लामो अवधिको परिवार नियोजनको साधन अपनाएका छन् ।

६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीको सदरमुकाम स्थित जिल्ला अस्पताल, दरवाङ आधारभूत अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र) र १७ वटा स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन केन्द्र स्थापना भएको छ ।

khali

लुलाङ, सिङ्गा, भुरुङ तातोपानी, पिप्ले, ताकम, भकिम्ली, रुम, ज्यामरुककोट, पाखापानी, शिख, भगवती र अर्मनस्थित सरकारी स्वास्थ्य संस्थाले १२ हप्तासम्मको मात्र गर्भपतन गर्न पाउँछन् ।

आर्थिक वर्ष २०७९÷०८० मा ८२० जनाले सुरक्षित गर्भपतन सेवा लिएकामा ६.२ प्रतिशत २० वर्ष भन्दा कम उमेरका थिए । पाँच जनाले सर्जिकल बिधिबाट गर्भपतन गराएका थिए । आर्थिक वर्ष २०७८÷०७९ मा एक हजार १३ जनाले गर्भपतन गराएकोमा २३ जनाले सर्जिकल बिधि अपनाएका थिए । जस मध्य ५ दशमलब २ प्रतिशत २० वर्ष भन्दा कम उमेरका थिए ।

२०७७÷०७८ मा एक हजार १८८ जनाले गर्भपतन गराएकामा ७६ जना २० वर्ष भन्दा कम उमेरका थिए । २९ जनाले सर्जिकल बिधीबाट गर्भपतन गराएका थिए । यो संख्या सुचिकृत स्वास्थ्य संस्था र तालिमप्राप्त स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसुति सेवा लिनेहरुको हो ।

सूचीकृत नभएका अवैध निजी क्लिनिकबाट गर्भपतन गराउनेहरुको स्वास्थ्य जोखिमपूर्ण हुन्छ । गर्भपतन गर्नेको पहिचान गोप्य राख्ने गरिन्छ । गर्भवती महिलाको मञ्जुरी बिना कुनै करकाप, धम्की, ललाई फकाई, झुक्याई वा प्रलोभन देखाई, लिङ्ग पहिचान गरी लिङ्गको आधारमा गर्भपतन गर्न नपाउने व्यवस्था छ । यदि यस्तो भएमा दण्ड, सजाय हुने कानुनी व्यवस्था छ ।

औषधि खुवाएर गराइने गर्भपतन सेवा, सुरक्षित, सजिलो र कम जोखिम हुने भएकाले यस पद्धतिको प्रयोगकर्ता बढ्दै गएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।

“हामीसँग भएको तथ्याङ्क सुचिकृत स्वास्थ्य संस्थामा गर्भपतन गराउनेहरुको मात्र हो”, उहाँले भन्नुभयो, “उनले असुरक्षित यौन सम्पर्क, परिवार नियोजनका साधनको प्रयोगमा वृद्धि र असुरक्षित गर्भपतनलाई न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौ ।”

१२ हप्ता सम्मको गर्भलाई सूचिकृत संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट पतन गराउन सक्ने अधिकार कानुनले महिलालाई दिएको छ । सम्बन्धित महिला नाबालिक भएको खण्डमा उनको अभिभावकसँगको परामर्शको आवश्यकता पर्दछ ।
चिकित्सक पुग्न नसकेको ठाउँमा औषधिद्वारा पनि गर्भपतन गर्ने सूविधा सरकारले दिएको छ । केही गरी गर्भमा कुनै जटिलता उत्पन्न हुने अवस्था आएमा १२ साता भन्दा माथिको गर्भ पनि चिकित्सकको परामर्शमा पतन गर्न सक्ने अवस्था छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...