गण्डकी प्रदेश सरकारले कोरला नाकामा भवन बनायो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चिनको सिमाना कोरला नाकामा गण्डकी प्रदेश सरकारले सुरक्षा निकाय तथा उद्दार केन्द्रको भवन निर्माण गरेको छ ।

पूर्वाधार विकास कार्यालय मुस्ताङले एसवाई प्यानल प्रबिधिको ६ कोठे १ तले भवन निर्माण गरेको हो । कार्यालयका प्रमुख अजय श्रेष्ठले सुरक्षा निकाय र आपतकालिन अवस्थामा उद्धारका लागि भवन निर्माण गरिएको जानकारी दिनुभयो ।

“संरचना तयार भइसकेको भवन हस्तान्तरण र फर्निचर व्यवस्थापन भएपछि प्रयोगमा ल्याउन सकिन्छ,” उहाँले भन्नुभयो “भौगोलिक विकटता, प्रतिकुल वातावरणका बावजुद काम थालेको १ महिनामै भवन तयार भएको छ ।”

Shreekrishna

समुन्द्रि सतहदेखि ४ हजार मिटर भन्दा बढी उचाईमा रहेको कोरला नाकाको नेपालतर्फ भवन नहुँदा सुरक्षाकर्मी, भन्सारका कर्मचारी, ब्यवसायी र पर्यटकहरुलाई समस्या भएको थियो । नहुँदा चिसो बतास चल्ने सो ठाउँमा चिसोले ५ मिनेट टिक्न पनि मुस्किल पर्ने गरेको थियो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

भूकम्प प्रतिरोधात्मक र वातावरण अनुकुलित भवनमा भान्सा कोठा, बैठक हल र कार्यालय प्रयोजनका लागि ४ वटा कोठा बनाइएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी घनश्याम रोकाले बताउनुभयो । रु. ४९ लाख ९९ हजार ४५० लागत अनुमान गरिएको भवन निर्माणका लागि २०८१ जेठ १३ गते काठमाडौको निमा निर्माण सेवासँग रु. ४० लाख २५ हजार ९९९ मा ठेक्का सम्झौता भएको थियो ।

२०८१ असार २३ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । बेनी–जोमसोम सडक अवरुद्ध हुनु, चिसो मौसम र कामदार अभावका कारण निर्धारित मितिमा निर्माण पुरा हुन नसकेको भवनको प्रमुख संरचनाहरु तयार भएको पूर्वाधार विकास कार्यालयका प्राविधिक शतिश पनेरुले बताउनुभयो ।

कोरला नाकामा नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि चिनले गत कात्तिकमा १० जना अटाउन सक्ने ४ वटा कन्टेनर उपलब्ध गराएको थियो । गत कात्तिक अन्तिम सातादेखि ४ वर्षपछि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि खुलाइएको कोरला नाकाको नेपालतर्फ भौतिक संरचना अभावमा ब्यापारी, स्थानीयबासी र पर्यटकलाई समस्या भएको लोमान्थाङका व्यवसायी टसी नर्बु गुरुङले बताउनुभयो ।

कोरलाबाट ल्याएको सामान जाँचपास गराउन १३ किलोमिटर तल नेचुङमा रहेको भन्सार कार्यालय र प्रहरी चेकपोष्टमा ल्याउने गरिएको छ । नाकामा खानेपानी, सञ्चार सुविधा र शौचालयको तत्कालै व्यवस्थापन गर्नुपर्ने लोमान्थाङ–१ छोसेरका छिरिङ ल्यामो गुरुङले बताउनुभयो ।
कोरलामा १० किलोमिटर तलबाट गाडीमा पिउने पानी ओसार्ने गरिएको छ । नेचुङमा सशस्त्र प्रहरी बलको (बिओपी)को भवन निर्माण भएको छ । जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...