बेनीमा छात्रा फुटबल प्रतियोगिता हुने

Add Samajik bikash office

बेनी, । बेनीमा आगामी भदौ दोस्रो साता अन्तर विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

बेनी नगरपालिका–७ मा रहेको न्यु दोभान युथ क्लवले भदौ १३ देखि १५ गतेसम्म आयोजना गरेको प्रतियोगितामा छात्रा फुटबल खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । क्लवका पुर्व अध्यक्ष स्व. अनन्त गिरीको स्मृतिमा नाईन ए साइड तेस्रो दोभान कप फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

Bhautik ministry notice about road

बेनीको खुल्ला मञ्चमा सञ्चालन हुने प्रतियोगिताको तयारी थालिएको क्लवका अध्यक्ष उपेन गिरीले बताउनुभयो । फुटबल खेल्ने छात्रा खेलाडीहरुको प्रतिभा पहिचान र प्रस्फुटनको अवसरका लागि प्रतियोगिता आयोजना गरेको उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news

प्रतियोगितामा बिजेताले रु. ४५ हजार र उपबिजेताले रु. २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका खेल संयोजक सिद्धार्थ शाक्यले बताउनुभयो । रु. ३ हजार ५०० टिम दर्ता शूल्क र धरौटी वापत रु. ५०० शूल्क तोकिएको क्लवका सचिव विशाल कार्कीले बताउनुभयो । विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कृत गरिने क्लवले जनाएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...