सडक फराकिलो पार्न भत्काएको नहर मर्मत नगर्दा उपल्लो खनियाघाटमा सिचाईको समस्या

Add Samajik bikash office

बेनी, । पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङमा सडक फराकिलो बनाउन भत्काइएको नहर पुननिर्माण नहुँदा उपल्लो खनियाघाटमा सिचाइको समस्या भएको छ ।

जलजला गाउँपालिकाले सञ्चालन गरेको खनियाघाट–दमुवाखोला–नाग्लीवाङ सडक स्तरोन्नतिका लागि फराकिलो बनाउने क्रममा डिको डाडा क्षेत्रमा बासकोटे खोला उपल्लो खनियाघाट सिचाई आयोजनाको २५ मिटर भन्दा बढी लामो नहर पूर्ण रुपमा भत्काइएको थियो ।
भत्काइएको नहर पुननिर्माण नहुँदा धुले बिउ राखेको र धान रोपाई पनि प्रभावित भएको बासकोटे खोला उपल्लो खनियाघाट सिचाई आयोजनाको उपभोक्ता समितिका अध्यक्ष बिस्सु जिसीले बताउनुभयो ।

“ठेकेदारले नहर बनाउने सहमतिमा भत्काएका हुन, अहिले सडक बनाएर गए तर नहर बनाएनन,” उहाँले भन्नुभयो “यसअघिका बर्षमा पानी बिउ राख्ने गरेका थियौ । यसपाली राखेको धुले विउ पनि सिचाई नहर नहुँदा रोपाई गर्न पाएका छैनौ । विउ छिप्पिदै जान थालेको छ । कृषकहरु निराश र चिन्तित भएका छौ ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

३३ घरधुरी कृषकको ५०० रोपनी खेतबारीमा सिचाईको अभाव भएको छ । विगतका वर्षमा असारको अन्तिम सातामा उपल्लो खनियाघाटमा आधा रोपाई हुने गरेको थियो । वि.स. २०६१ मा मार्ग खोलिएको खनीयाघाट–डमुवाखोला–नाग्लीवाङ सडक विस्तार, नाली र पर्खाल निर्माणका साथै ढलानका लागि रु. दुई करोड बजेट बिनियोजन भएकोमा २०८० मंसिर महिनामा साहना–सक्षम जेभीले रु. १ करोड ३३ लाख ५५ हजार २१८ मा ठेक्का सम्झौता गरेको थियो ।

यसअघि ४ मिटर फराकिलो सडकलाई विस्तार गरेर ६ देखि ७ मिटर फराकिलो बनाई ६६४ मिटर ढलान, नाली, १०५ घनमिटर पलम पर्खाल, १३० घनमिटर ग्यावीयन पर्खाल निर्माण भएको छ । पिडित कृषकहरुले केही दिनअघि वडा कार्यालय र गाउँपालिकामा नहर मर्मतको लागि अनुरोध गर्दै निवेदन दिएका थिए ।

सडकले नहरमा पु¥याएको क्षति अनुगमनका लागि गएका जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य र वडा अध्यक्ष हरिबिकास जिसीलाई निर्माण कम्पनीका प्रतिनिधीले पाईपलाइन जडान गरेर सिचाईका लागि पानी आपुर्ति गर्ने प्रतिवद्धता जनाएपनि ढिलाई र बेवास्ता भएको कृषकहरुले गुनासो गरेका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...