रघुगंगाको बाढीले राहुघाटमा नदीले सडक र तटबन्ध बगायो

Add Samajik bikash office

बेनी, ः रघुगंगा नदीमा शुक्रबार बिहान आएको बाढीले रघुगंगा गाउँपालिका–३ राहुघाटमा सडक र तटबन्ध बगाएको छ ।

संरक्षणका लागि बनाइएको तटबन्ध बगाएको बाढीले सडकलाई कटान गरेर साघुरो बनाएपछि बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ ।

रघुगंगा नदीले बेनी नगरपालिका–९ गलेश्वर तर्फ बाढी नियन्त्रणका लागि निर्माण गरेको तटबन्ध भत्काएको छ । गलेश्वरको बस्ती, मोटरेबल पुल र राहुघाटको बस्ति बाढीको जोखिममा परेको स्थानीयबासीले बताएका छन् ।

Shreekrishna hardwear in news

राहुघाट र कालीगण्डकीको दोभानबाट ढुंगा, गिट्टी, बालुवा निकाल्न डोजर लैजान बनाइएको बाटोबाट बाढी पसेर सडक कटान गरेको हो । रघुगंगाको कटानका कारण राहुघाटमा रहेको धार्मिक तथा ऐतिहाँसिक महत्वको गायत्री मन्दिर क्षेत्र उच्च जोखिममा परेको छ ।

बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड राहुघाट सहित ४ ठाउँमा पहिरो र कटानका कारण अवरुद्ध भएको छ । सडक अवरुद्ध हुदा सिंगो मुस्ताङ जिल्ला, अन्नपूर्ण गाउँपालिकाको पुरै र रघुगंगा गाउँपालिकाको ८ मध्य ६ वटा वडाको यातायात सम्पर्क बिच्छेद भएको हो ।

बेनी–जोमसोम सडक आयोजनाका सव ईञ्जिनियर सोहनजंग कार्कीका अनुसार रघुगंगा गाउँपालिकाको राहुघाट, बैसरी, सिरुवारी र कालीओडारमा पहिरो र कटानका कारण सडक अवरुद्ध बनेको छ ।

Bhautik ministry notice about road

“अन्नपूर्ण गाउँपालिकाको रुप्से, गुइठेभिर, भिरकाटे र दोवाखोलाको पहिरो पन्छाएर यातायात सञ्चालन भएको छ,” उहाँले भन्नुभयो “कालीओडार, सिरुवारी र बैसरीमा पहिरो पन्छाउन सडक विभागको डोजर, लोडर लगायतका उपकरण, प्राविधिक जनशक्ति र मजदुर परिचालन भएका छौ ।”

बेनी–जोमसोम सडकको प्रवेशबिन्दुमा पर्ने रघुगंगा गाउँपालिका–३ गायत्री मन्दिर नजिकै रघुगंगा नदीले कटान गरेर भासिएको सडक मर्मत गर्न केही समय लाग्ने सव ईञ्जिनियर कार्कीले बताउनुभयो ।

भीरकाटेको पहिरो बाहेक अन्य पहिरो बेनी–जोमसोम सडकमा हरेक मनसुनमा दैनिक झरिरहने नियमित र अति जोखियुक्त पहिरा हुन् । सडक अवरुद्ध हुँदा रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक, तिर्थयात्रीहरुलाई समस्या भएको छ ।

निर्माणाधिन जलविद्युत, प्रशारण लाइन, सडक लगायत विकास आयोजनाहरु प्रभावित भएका छन् । म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका कृषकले उत्पादन गरेको आलु बजार पठाउन समस्या भएको छ ।

पहिरोले पोल ढलाएका कारण अन्नपूर्ण गाउँपालिकाको अधिकांश वडामा विद्युत आपुर्ति बन्द हुँदा जनजिवन कष्टकर बनेको अन्नपूर्ण–६ का वडा अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

यसैबीच फापरखेत र बाङ्गेपहिरोमा अवरुद्ध म्याग्दीको पश्चिमी क्षेत्रका धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक खुलाउन डोजर परिचालन गरिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीले जनाएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...