चित्रे–घोडेपानी सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान

Add Samajik bikash office

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान भएको छ ।

गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगतको पूर्वाधार विकास कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गर्न शुक्रबार ठेक्का आव्हान गरेको हो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णु पौडेलले चालु आर्थिक वर्षको कार्यक्रममा समावेश र बहुबर्षीय योजनामा छनौट भएको चित्रे घोडेपानी सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान गरेर प्रक्रीया अघि बढाएको बताउनुभयो ।

Shreekrishna hardwear in news

वि.स. २०७६ मा प्रदेश सरकारको लगानीमा मार्ग खुलेको करिब तीन किलोमिटर सडक हाल कच्चि अवस्थामा छ । सडक विस्तार, ग्रेड, घुम्ति तथा मोड सुधार गरेर बाह्ै महिना सहज रुपमा नियमित यातायातका साधन सञ्चालन गर्ने व्यवस्था मिलाउन प्रदेश सरकारले प्राथमिकता र चासो देखाएको हो ।

म्याग्दी १(२) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेको समयमा चालु आर्थिक वर्षमा रु. तीस लाख बजेट बिनियोजन भएको यो सडक योजनाका लागि थप रु. तीस लाख बजेट थप गर्ने र त्यसलाई २० प्रतिशत मानेर रु. तीन करोड बजेट बराबरको बहुबर्षीय ठेक्का लगाउने निर्णय भएको थियो ।

२०८० मंसिर दोस्रो हप्ता घोडेपानीमा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रथम चौमासिक समिक्षा कार्यक्रममा सहभागि हुन आउनुभएका प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री जुग्जालीको प्रस्तावमा चित्रे घोडेपानी सडक स्तरोन्नति गर्न यसै वर्ष बहुबर्षिय ठेक्का प्रक्रीया शुरु गर्ने घोषणा गर्नुभएको थियो ।

Bhautik ministry notice about road

मुख्यमन्त्री पाण्डे, पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री जुग्जाली र म्याग्दी १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले गरेको घोषणा र प्रतिवद्धता कार्यान्वयन गर्नुभएको हो ।

गाउँपालिकाको केन्द्र पोखरेबगर देखि चित्रे जोड्ने १८ किलोमिटर सडक हालै स्तरोन्नति सकिएको छ । कास्कीको नयाँपुुल, तिखेढुुंगा, उल्लेरी हुुदै म्याग्दीको घोडेपानी जोड्ने सडक पोखरा बेनी जोमसोम सडकको पर्वत पोखरेबगर खण्डको वैकल्पिक बनाउन सकिने सम्भावना छ ।

सडक सहज भएपछि घोडेपानी–पुनहिल क्षेत्रमा पर्यटक आगामन बढ्ने, स्थानीयबासीलाई आवत जावत गर्न सहज हुने घोडेपानीका बासिन्दा समेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका पुर्व अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी पुनहिल दृष्य अवलोकनका लागि प्रसिद्ध छ । यहाँ वार्षिक ३० हजार जना भन्दा बढी विदेशी पर्यटक भ्रमणमा आउँछन् ।


दरखोला मोटरेबल पुलको ठेकेदार छनौट
म्याग्दीको धवलागिरी गाउँपालिका –२ दरखोलामा मोटरेबल पुल निर्माणका लागि निर्माण कम्पनी छनौट भएको छ ।

२५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि रु. ४ करोड १३ लाख ४८ हजार ६७० कबोलेको बिएमए निर्माण सेवा बागलुङ छनौट भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
दरखोलामा मोटरेबल पुल निर्माण भएपछि धवलागिरीको १ र २ नम्बर वडामा पर्ने गुर्जा, लुलाङ, लमसुङ, खोरीयाका बासिन्दाहरुलाई सहज हुने धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताउनुभयो ।

प्रदेश सरकार मार्फत बेनी–पाखापानी, धारापानी–ताकम–शिवाङ, बेनी–भकिम्ली सडकको ठेक्का सम्झौता भई ठेकेदार कार्यक्षेत्रमा परिचालित भइसकेका छन् । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना अर्चेखोलामा मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । मालिका गाउँपालिकाको ३ र ४ नम्बर वडाको सिमाना अदिभारामा मोटरेबल पुल निर्माणाधिन छ ।

भुरुंग तातोपानी र पाउद्धार तातोपानी जोड्ने झोलुंगे पुल निर्माणको अन्तिम चरणमा छ । मंगलाको पखेर–बरंजा र मालिकाको अदिभारा–डाडागाउँ सडक स्तरोन्नतिको ठेक्का सम्झौता भएको छ ।

दरवाङ–बिम सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौताको चरणमा छ । मालिका गाउँपालिकाको शिवरात्री खोलामा मोटरेबल पुल निर्माणका लागि निर्माण कम्पनी छनौट भएको छ । आर्थिक वर्ष २०८०।०८१ मा म्याग्दीका ७ वटा बहुबर्षीय सडक र मोटरेबल पुल आयोजना शुरु भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...