ताकममा पहिरोमा पुरिएर २ जनाको मृत्यु (अपटेड)

khali

गोपाल आचार्य
ताकम, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार बिहान पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ ।

ताकमको आरखोलाका तुलप्रसाद न्यौपानेको घर पुरिएको हो । घरभित्र सुतेका घरधनी अन्दाजी ५०÷५१ वर्षका तुलप्रसाद र उहाँकी श्रीमति बालकुमारी न्यौपानेको पहिरोमा पुरिएर मृत्यु भएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक रमेश प्रसाद अधिकारीले बताउनुभयो ।

khali
Shreekrishna hardwear in news

उहाँका अनुसार जनप्रतिनिधी, प्रहरी र स्थानीयबासीहरुले मृतकको शव निकालेका छन् । केही दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागले म्याग्दी नदीको सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...