कागबेनीमा बाढी नियन्त्रणका लागि पक्कि पर्खाल निर्माण

Add Samajik bikash office

बेनी ः ११ महिनाअघिको बाढीले तहसनहस बनाएको मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका नदी नियन्त्रणका लागि पक्कि पर्खाल निर्माण भएको छ ।

२०८० साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत १४ सार्वजनिक भौकि संरचना र व्यक्तिका ५० वटा घरमा क्षति पुगेको थियो ।

भू–तथा जलाधार संरक्षण कार्यालय पर्वतले कागखोलाको बाढी नियन्त्रणका लागि किनारामा पक्कि पर्खाल निर्माण गरेको हो । कार्यालयका प्रमुख बरिष्ठ भू– तथा जलाधार संरक्षण अधिकृत दिवाकर पौडेलले रु. ३३ लाख ४० हजारको बजेटमा कागखोलाको किनारमा ५१ मिटर पक्कि पर्खाल निर्माण भएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“गण्डकी प्रदेश सरकारले रु. ३५ लाख बजेट बिनियोजन गरेको कागबेनी नदी नियन्त्रण योजनाको प्राविधिक नापजाँच गर्दा रु. १ लाख ६० हजार कम भुक्तानी भएको छ,” उहाँले भन्नुभयो “१.८ मिटर फराकिलो जग भएको ४.५ मिटर अग्लो पर्खालको माथिल्लो भाग ५५ सेन्टिमिटर चौडाईको छ ।”

सो पर्खालले कागबेनीको छोप्तेन गुम्बा र बस्तीमा बाढी नियन्त्रणका लागि सहयोग पुगेको उपभोक्ता समितिका अध्यक्ष ख्याम्चो गुरुङले बताउनुभयो । गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा रु. १ करोड बढी आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरि कागबेनीलाई पुरानै लयमा फर्काउने प्रयास गरेका छन् ।

बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुुरानै धारमा फर्काएर बगाइएको छ । अस्थायी पुल बनाएर आवत जावतको व्यवस्था मिलाइएको छ । बाढी पन्छाएर श्रद्धास्थल पनि बनाएका छन् । नदी नियन्त्रणका लागि थप पक्कि पर्खाल निर्माण गर्न आवश्यक रहेको, प्रदेश र संघीय सरकारसँग पहल गरिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...