भेटेरीनरी अस्पताल म्याग्दीले कृषकलाई दूधको अनुदानबाट बञ्चित गरायो

Add Samajik bikash office

बेनी, म्याग्दीका दूध उत्पादन गर्ने कृषकहरुलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदान फिर्ता भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले कृषकहरुलाई अनुदान वितरण नगरी बजेट फ्रिज गरेको हो ।

दूध उत्पादन गर्ने कृषकहरुलाई सहकारी संस्था मार्फत प्रति लिटर २ रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराउन केन्द्रलाई चालु आर्थिक वर्ष २०८०÷८१ का लागि २४ लाख रुपैयाँ बजेट आएको थियो ।

सो कार्यक्रमका लागि दोनान, बास्कुना, शुभकामना कृषि र सिमलचौर विउविजन कृषि सहकारी संस्थाले आवेदन पेश गरेका थिए । शूभकामना कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुले मात्र २ लाख १ हजार ५०० रुपैयाँ अनुदान पाएका छन् । २१ लाख ९८ हजार ५०० रुपैयाँ अनुदान फिर्ता भएको हो ।

Shreekrishna hardwear in news

बेनी नगरपालिका–७ कुरिलाखर्कमा रहेको ढुंगाना कृषि तथा पशुपंक्षी फार्मका सञ्चालक सुरेश ढुङ्गानाले कार्यबिधी अनुसार प्रक्रीया पुरा गरेर तोकिएको सबै कागजात पेश गरेपनि कार्यालयका केही कर्मचारीले पूर्वाग्रह र बदनियतपूर्ण ढंगले कृषकहरुलाई अनुदानबाट बञ्चित गराएका गुनासो गरे ।

‘हरेक चौमासिकमा वितरण गर्नुपर्ने अनुदान कर्मचारी अभावको बाहना बनाएर एकै किस्तामा आर्थिक वर्षको अन्तिममा भुक्तानी गर्ने प्रतिवद्धता जनाएका भेटेरिनरी कार्यालयका कर्मचारीको पूर्वाग्रही ब्यवहार, व्यक्तिगत र व्यवसायिक स्वार्थ पुरा नगरेका कारण नियतबस फिर्ता गरिएको छ,’ उनले भने ‘असार २४ गते साँझसम्म भुक्तानी आउँछ ढुक्क हुनुस भनेका कार्यालय प्रमुख र सम्बन्धित कार्यक्रम हेर्ने कर्मचारीले बजेट फिर्ता पठाएर कृषकलाई हिस्स पारेका छन् ।’

Bhautik ministry notice about road

बेनी बजारमा दैनिक १ हजार ५०० लिटर दूध आपुर्ति गर्ने ढुंगाना लगायत १८ जना कृषकहरुले दोभान कृषि सहकारी संस्था मार्फत अनुदानका लागि आवेदन पेश गरेका थिए । दैनिक २००÷२०० लिटर भन्दा बढी दूध निकासी गर्ने बास्कुनाका कृषकहरुले बास्कुना र तातोपानी, बरंजा क्षेत्रका कृषकहरुले सिमलचौर कृषि सहकारी मार्फत आवेदन दिएका थिए ।

बेनपा–७ का अर्का कृषक कृष्णप्रसाद शर्माले विगतका वर्षमा सहज हिसाबले अनुदान पाएपनि यसपाली कर्मचारीहरुले असहयोग गरेको गुनासो गरे । ‘यसअघिका वर्षमा हामीले जुन काजगात पेश र प्रक्रीया पुरा गरेर अनुदान पाएका थियौ यसपाली पनि सोही अनुसार कार्यालयले मागेका सबै कागजात पेश गरेका हौ,’ उनले भने ‘भेटेरीका कर्मचारीहरुले अनुदानको आश देखाएर कृषकलाई झुलाउने, दुःख दिने र निराश बनाई विदेशिन बाध्य हुने वातावरण बनाए ।’
कृषक शर्माले पशुमा पूर्ण खोप लगाउने अभियानका क्रममा पनि कार्यालयले खोपकर्ता नपठाएपछि बेनी नगरपालिका मार्फत गुनासो गरेपछि गाईभैसीलाई खोप लगाइदिएका बताए । केन्द्रका प्रमुख डा. भरत रेग्मीले कार्यालयका योजना प्रमुख सुवास रेग्मी नेतृत्वको समितिलाई देखाएर जिम्मेवारीबाट पन्छिन खोजे ।

‘योजना शाखाका प्रमुख, लेखा प्रमुख र एक जना प्राविधिक रहेको समितिले गरेको सिफारिस अनुसार सहकारी संस्था छनौट र अनुदान वितरण भएको हो,’ उनले भने ‘जुन सहकारीले कार्यबिधी र मापदण्ड पालना गरेको छ उसमा आवद्ध कृषकले अनुदान पाए । कार्यबिधी अनुसार नभएका कारण अनुदान नपाएका हुन् ।’

केन्द्रका योजना शाखा प्रमुख सुभाष रेग्मीले शुभकामना कृषि सहकारी संस्थाले मात्र कृषकहरुबाट दूध संकलन गरेर बजारमा पठाउने र सहकारीको खाताबाट कृषकलाई रकम भुक्तानी गरेको पाइएकाले उसलाई मात्र अनुदान दिएको बताए । ‘विगतमा के भयो त्यो सिफारिस गर्नेले जान्ने विषय हो,’ उनले भने ‘यसपाली कार्यबिधीमा जे छ सोही अनुसार अनुदान दिएका हौ ।’

कृषक भुवन आचार्यले केन्द्रका प्रमुख र योजना शाखा प्रमुख रेग्मीद्धयको भनाईको खण्डन गर्दै बदनियत राखेर कृषकलाई असहयोग, निरुत्साहित र नियतबस राज्यले दिएको सुविधाबाट बञ्चित गराएको गुनासो गरे । कृषकहरुले केन्द्र बिरुद्ध आन्दोलन र बदमासीको विषयमा छानविनको माग गर्दै आन्दोलन गर्ने बताएका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...