ललिता शेरपुञ्जाले मौरिज हर्गोज पदमार्गमा शार्वजनिक शौचालय बनाइन

Add Samajik bikash office

सुरेन गुरुङ
अन्नपूर्ण, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्गमा एक जना पर्यटकले सार्वजनिक शौचालय, खानेपानी निर्माण र फोहोर व्यवस्थापन गर्ने ठाउँ निर्माण गर्नुभएको छ ।

अस्टे«लीयाबाट नेपाल फर्किएर मिस नेपाल २०२४ को प्रतिस्पर्धामा सहभागी रघुगंगा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाले व्यक्तिगत लगानीमा पदमार्गको संधिखर्कमा २ कोठे सार्वजनिक शौचालय, खानेपानी लगायतका पूर्वाधार निर्माण गर्नुभएको हो ।

“केही समयअघि मौरिस हर्गोज पदमार्ग भएर अन्नपूर्ण आधार शिविरको पदयात्रामा जाँदा सार्वजनिक शौचालय, खानेपानी सुविधा र फोहोर ब्यवस्थापनको आवश्यकता महशुस गरेको थिए,” ललिताले भन्नुभयो “मिस नेपाल प्रतियोगितामा सहभागिले गर्नुपर्ने सामाजिक काम अन्र्तगत मैले संधीखर्कमा पुरुष र महिलाको लागि शौचालय निर्माण गर्न सहयोग गरेकी हु ।”

Shreekrishna hardwear in news

शौचालय निर्माणका लागि मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङ र नारच्याङका तम चोचाङ्गी पुनलाई शेरपुञ्जाले रु. ४ लाख ६० हजार पठाउनु भएको थियो । शेरपुञ्जाले पठाएको रकमबाट १५ दिनसम्म ८ जना मजदुर परिचालन र निर्माण सामग्री खरिद, ढुवान गरि शौचालय, खानेपानी आपुर्ति र फोहोर व्यवस्थापन गर्ने खाडल बनाएको चोचाङ्गीले बताउनुभयो ।

शार्वजनिक शौचालयको अभावमा पर्यटक, स्थानीयबासी र पर्यटक मजदुरहरुलाई असहज भएको थियो । वातावरण प्रदुषण न्युनीकरण, सरसफाई कायम र पर्यटकको सुविधाका लागि शार्वजनिक शौचालय बनाएका ललिताले बताउनुभयो । शार्वजनिक शौचालयको अभावमा पर्यटक, स्थानीयबासी र पर्यटक मजदुरहरुलाई असहज भएको थियो । वातावरण प्रदुषण न्युनीकरण, सरसफाई कायम र पर्यटकको सुविधाका लागि शार्वजनिक शौचालय बनाएका ललिताले बताउनुभयो । ललिताको शौचालय अभियानमा अन्य दाताहरुले पनि सहयोग गर्नुभएको थियो । मिस नेपाल प्रतियोगितामा ललिताको प्रस्तुति दमदार देखिएको छ ।

Bhautik ministry notice about road

८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोहण दलको नेतृत्व गरेका फ्रान्सका मौरिस हर्गोजको सम्मानमा नारच्याङ देखि आधार शिविर जोड्ने पदमार्गको नामाकरण गरिएको छ । अन्नपूर्ण ८ हजार मिटर भन्दा अग्लो पहिलो पटक मानव पाइला परेको हिमाल भएकाले यसको नेपालको आरोहण पर्यटनमा महत्व छ । सन १९५० जुन ३ गते अन्नपूर्णको सफल आरोहण भएको थियो ।

प्रथम आरोही मौरिसको पाइला पछ्याउदै नारच्याङका तेज गुरुङको अगुवाईमा वि.स. २०६८ मा पहिचान भएको पदमार्ग वि.स. २०७७ देखि सञ्चालन भएको थियो । नारच्याङ देखि २० किलोमिटर टाढा हुमखोलासम्म निलगिरी खोला जलविद्युत आयोजनाको पहुँचमार्ग छ ।

हुमखोला देखि आधार शिविर जोड्ने २२ किलोमिटर लामो पदमार्ग, खोलाहरुमा झोलुङ्गे पुल, आश्रयस्थल निर्माण गरिएको छ । एकै दिनको पैदलयात्रामा आधार शिविर पुग्न सकिने भएकाले पर्यटकको आकर्षण बढेको छ ।

संधिखर्क, धरमढुङ्गा, भुसकेट, गुफाफाँट, हुमखोला र छोटेपामा ७ वटा आश्रयस्थल निर्माण भएको छ । होटल तथा लजको सुविधा नभएको यो पदमार्गमा क्याम्पीङ गर्नका लागि खाने बस्ने सामग्री लिएर जानुपर्छ ।

अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्गखला, अनौठो भूगोल, पहडा, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्ण फेदीमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँको थप आकर्षणको रुपमा रहेको छ ।

अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा खानेपानी, आश्रयस्थल, सञ्चार, विद्युत, पदमार्ग लगायतका पूर्वाधार निर्माण र प्रचारप्रसारका लागि एकिकृत गुरुयोजनाको मस्यौदा तयार पारिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । आधारभूत स्तरको पूर्वाधार बनेको पदमार्गमा पर्यटक भित्र्याउन प्रचारप्रसार र प्रर्वद्धनात्मक क्रियाकलापलाई पनि जोड दिएको उहाँले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...