स्वास्थ्य कार्यालय म्याग्दीको ६० प्रतिशत वित्तीय प्रगति

Add Samajik bikash office

बेनी, । स्वास्थ्य कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०÷८१ मा ६० प्रतिशत वित्तीय प्रगति गरेको छ ।

कार्यालयले बुधबार बेनीमा पत्रकार भेटघाट आयोजना गरेर चालु आर्थिक वर्षको गतिबिधी सार्वजनिक गरेको हो । कुल रु. ४ करोड ८२ लाख ६५ हजार ५०० बजेट बिनियोजन भएकोमा ६० दशमलब १३ प्रतिशत अथवा रु. २ करोड ९६ लाख ३ हजार खर्च भएको कार्यालय प्रमुख भुवन ठकुराठीले जानकारी दिनुभयो ।

कार्यालयले ९० प्रतिशत भन्दा बढी कार्यक्रमहरु कार्यान्वयन गरेपनि सबै कार्यक्रमको सबै बजेट खर्च नभएकाले वित्तीय प्रगति कम देखिएको उहाँले बताउनुभयो । कार्यालयका निर्धारित कार्यक्रमहरु समयमानै सम्पन्न गरेको, गण्डकी प्रदेशकै पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको, दादुरा रुवेला, पोलियो खोप अभियान सफल भएको कार्यालयका सुचना अधिकारी गणेश सुवेदीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

जनशक्तिको अभाव प्रमुख चुनौति रहेको कार्यालयले स्थानीय तह र बेनी अस्पतालसँगको समन्वय तथा सरोकारवालाहरुको सहयोगमा कार्यक्रम कार्यान्वयन गर्न सहज भएको जनाएको छ । सोही कार्यक्रममा स्वास्थ्य कार्यालयले स्वास्थ्य संस्था र समुदायले खानेपानीका लागि प्रयोग गरेको खानेपानीको गुणस्तर परिक्षणको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

५९ ठाउँको पानीको गुणस्तर परिक्षण गर्दा २७ ठाउँको पानीमा इकोली संक्रमित पाइएको छ । कार्यालयका जनस्वास्थ्य निरिक्षक भिमप्रसाद आचार्यले १४ वटा मुहानको पानी परिक्षण गर्दा दिसामा पाइने इकोली भेटिएको बताउनुभयो । दुषित पानीका कारण हुने रोग र महामारी न्युनीकरण गर्न खानेपानीको गुणस्तर सुधार गर्न सुझाव दिएको उहाँले बताउनुभयो ।

बेनी अस्पतालका प्रमुख डा. अञ्जु थापाले न्युन जनशक्ति र भौगोलिक विकटताका बावजुद स्वास्थ्य कार्यालय र बेनी अस्पतालले समन्वय गरेर सेवालाई प्रभावकारी बनाउने प्रयास गरेको बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...