चिमखोला र भुरुङ्ग तातोपानीमा ४ वटा घर, सामुदायिक भवन र गोठ पहिरोमा पुरिए

khali

१२ बाख्रा मरे, १८ परिवार विस्थापित
बेनी, म्याग्दीको अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा बुधबार पहिरोले ४ वटा घर, सामुदायिक भवन र गोठ भत्किएका, १२ वटा बाख्रा मरेका र थप १८ परिवार विस्थापित भएका छन् ।

अन्नपूर्ण गाउँपालिका–२ को मान्द्रेढुङ्गाकी लालमाया बिकको ढुंगा माटोले बनेको २ तले घर माथिबाट खसेको पहिरोले पुरिएर पूर्ण रुपमा क्षति पुगेको वडा अध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

उहाँका अनुसार सोही वडाको कटौजेमा ६ र ठूलोबगरमा ७ घरपरिवार पहिरोबाट विस्थापित भएका छन् । पहिरोको जोखिममा रहेका कटौजेका रनबहादुर गर्बुजा, भिमबहादुर राम्जाली, तारा पुजा, कमल बहादुर शेरपुञ्जा, रनबहादुर गर्बुजा र निमबहादुर राम्जालीको घरका सामग्री र सदस्यहरुलाई सुरक्षित ठाउँमा रहेको आफन्त तथा खाली घरमा सारिएको छ ।

khali

ठूलोबगरका टेकबहादुर फगामी, मिथुन गर्बुजा, बेलबहादुर कार्की, थमबहादुर कार्की, ममता राम्जाली, मनकुमारी पुर्जा र वुद्धिबहादुर पुनको घर पनि पहिरोको जोखिममा परेको वडा अध्यक्ष फगामीले बताउनुभयो । जनप्रतिनिधी, प्रहरी, युवा क्लव, आमा समूहको टोलीले बुधबार दिनघर जोखिममा रहेका घरका सामान सुरिक्षत ठाउँमा साखेर बसोबासको व्यवस्था मिलाएका छन् ।

यसैगरी रघुगंगा गाउँपालिका–७ चिमखोलाका डेकबहादुर पराई पुनको घर पहिरोमा पुरिएको छ । चिमखोला गाउँका नर्सिङ गर्बुजाको गोठ पहिरोमा पुरिदाँ १२ वटा बाख्रा मरेका छन् । टोल नं. ४ को सामुदायिक भवन र ढिकीजातो घर पूर्ण रुपमा क्षति पुगेको छ ।

लिबहादुर पुन, दिलबहादुर तिलिजा, लालबहादुर पाइजाको घर जोखिममा परेको, नरबहादुर तिलिजा र दिलबहादुर तिलिजाको शौचालय पहिरोले बगाएको छ । जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयबासीले जोखिममा रहेका घरका सामान सुरक्षित ठाउँमा सारेर बसोबासको व्यवस्था मिलाएको वडा अध्यक्ष थकबहादुर पाइजा (रिम)ले बताउनुभयो ।

भिरालो पाखोमा गुजमुज्ज घरहरु रहेको चिमखोला गाउँको छेउबाट खसेको पहिरोले चिमखोला–घ्यासीखर्क सडक अवरुद्ध बनाएको छ । सडक अवरुद्ध हुँदा त्यहाँ निर्माणाधिन ४ वटा जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित बनेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...