म्याग्दीको मलम्पारमा एक जनाको हत्या

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–५ मलम्पारमा एक जनाको हत्या भएको छ ।

मलम्पारका सोमबहादुर छन्त्यालले चिर्पट प्रहार गरेर ४२ वर्षीय धनबहादुर छन्त्यालको हत्या गरेका जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

मंगलबार राती छन्त्याल दाजुभाईबीच भएको झगडाका क्रममा सोमबहादुरले चिर्पट प्रहार गर्दा धनबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

Shreekrishna

सोमबहादुर भाई र धनबहादुर एकै घरका दाजु हुन् । हत्यामा संलग्न ३९ वर्षीय सोमबहादुर लाई इलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी निरीक्षक सोमदास ढकालको नेतृत्वमा गएको टोलीले बुधबार दिउँसो नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...