मुस्ताङका उत्कृष्ट ४ जना कृषक पुरस्कृत

Add Samajik bikash office

बेनी, मुस्ताङ जिल्लाका उत्कृष्ट ४ जना कृषकलाई नगद सहित पुरस्कृत गरिएको छ ।

कृषि ज्ञान केन्द्र मुस्ताङले शुक्रबार जोमसोममा आयोजना गरेको कार्यक्रममा २ जना पशुपालक र २ जना फलफुल तथा तरकारी खेती गर्ने कृषकलाई नगद रु. १० हजार सहित पुरस्कृत गरेको हो ।

Bhautik ministry notice about road

पुरस्कृत हुनेमा थासाङ –१ टुकुचेका निरज तुलाचन, वारागुङ मुक्तिक्षेत्र–३ तिरिका न्हुन्पु गुरुङ, झरफभोङ–५ ठिनीका पल डिसी थकाली र लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ का कर्म साङ्बो गुरुङ रहनुभएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

कृषकलाई प्रोत्साहन र हौसला प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार कृषक दिवसको अवसर पारेर पुरस्कृत गरिएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचन, जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङ, घरपभोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त लगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...