अन्नपूर्णका सहिद परिवार र द्धन्द्ध पिडितलाई सम्मान

Add Samajik bikash office

बेनी,। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सहिद परिवार र द्धन्द्ध पिडितहरुलाई शुक्रबार सम्मान गरेको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजित कार्यक्रममा द्धन्द पिडितहरुसँग अन्र्तक्रियाका साथै ९ जना सहिदका परिवार र २६ जना दन्द्ध पिडितलाई सम्मान गरिएको हो ।

Bhautik ministry notice about road

नेपालको राजनीतिक र सामाजिक परिवर्तनको जग मानिएको दश वर्षे शसस्त्र संघर्ष (जनयुद्ध) लगायतका आन्दोलनहरुमा साहदत प्राप्त गरेका र पिडित भएकाहरुलाई सम्मान गरिएको हो ।

Shreekrishna hardwear in news

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
धनबहादुर पाइजाले मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा दन्द्ध पिडित राष्ट्रिउ सञ्जाका महासचिव सुरेन्द्र खत्री र दन्द्ध पिडित महिला सञ्जालका म्याग्दी जिल्ला प्रतिनिधी सुजाता खत्रीले प्रस्तुतिकरण गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...