दुवै हात नभएकी पवित्रालाई अन्नपूर्णको सहयोग

Add Samajik bikash office

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दुवै हात नभएकी पवित्रा विकलाई उच्च शिक्षा अध्ययनका लागि रु. ५० हजार सहयोग उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको अध्यक्षतामा शुक्रबार पोखरेबगरमा बसेको कार्यपालिका बैठकले पवित्रालाई शैक्षिक प्रोत्साहनका लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङकी पवित्राले गत हप्ता सार्वजनिक भएको एसइई परिक्षा २०८० को नतिजा अनुसार ३(१२ जीपिए ल्याएर उनिर्ण हुनुभएको छ । पोखराको रामबजार स्थित एसओएस हर्मन माइनर स्कुलकी छात्रा पवित्राले सहयोगीको सहायतामा एसइई परिक्षामा सहभागी हुनुभएको थियो ।

Shreekrishna hardwear in news

पवित्रालाई पोखराको फलेपाटनस्थित सिद्ध मावि परीक्षा केन्द्रमा विद्यालयले उपलब्ध गराएको सहयोगी ९ कक्षामा पढ्ने बिभूती पाण्डेले परिक्षामा लेख्नका लागि सहयोग गर्नुभएको थियो । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बिशिष्ट प्रतिभा भएकी पवित्रालाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय भएको बताउनुभयो ।

Bhautik ministry notice about road

अंग्रेजी विषय लिएर शिक्षा संकाय पढ्ने योजना बनाएकी पवित्रालाई परिवारको कमजोर आर्थिक अवस्था चुनौति बनेको छ । पवित्राको साथमा आमा हुनुहुन्छ । बुवाले वेवास्ता गरेकाले पवित्राले संघर्ष गरेर कक्षा १० सम्मको अध्ययन गर्नुभएको हो । पवित्रालाई एसओएस हर्मन माइनर स्कुलले निशूल्क पठनपाठन गराएको थियो । एसओएस बालग्रामको फ्यामीली सपोर्ट कार्यक्रम मार्फत पवित्रालाई उच्च शिक्षा अध्यनका लागि सहयोग गर्न पहल गरेको प्रअ चुडामणी सुवेदीले बताउनुभयो ।

पवित्राको देब्रे हातै छैन । कुहिनासम्म ठिकै रहेको र त्यसपछि एउटा सानो औलामात्रै बनेर निस्किएको छ दाहिने हात पनि । त्यसबाहेक अरु शारीरिकरुपमा उनि दुरुस्त छिन । हात नभए पनि उनले खुट्टाको औंलाको सहायताले कलम च्यापेर लेखेर अहिले एसईई उत्तीर्णसम्मको अवस्थामा आएकी हुन । खुट्टाले पेन्सिल तिखार्दै र कापी कितावका पानी फर्काउँदै उनले पढिन र लेखिन ।

स्कुलले बसेर खुट्टाले लेख्न मिल्ने गरी टेबुलको व्यवस्था मिलाएको थियो । बाबुआमाको बेमेलबीच पनि उनले हिम्मत हारिनन् । र अहिले यो अवस्थासम्म आइपुगिन । उनले एकाधबाहेक सबै काम खुट्टाले गर्छिन । उनले देब्रे खुट्टाको बुढी र माइली औलाले कलम च्यापेर लेख्छिन् । एसओएस बालग्राम गण्डकीले रोटरी क्लब अफ अन्नपूर्णसंगको सहकार्यमा उनलाई निशुल्क पठनपाठनको व्यवस्था मिलाएको हो ।

रोटरीले आमा कृष्णालाई सिलाइकटाइको तालिमसंगै मेशिन पनि दिएको थियो । तर त्यसले धानिन गाह्रो भएपछि केहीसमय उनी विदेशिएकी थिइन । दुवै हात नभएपछि कृष्णा छोरीको भविष्यका लागि भन्दै पोखरा आएकी थिईन । गाउँमा स्कुल टाढा रहेको र खुट्टाले लेख्नुपर्ने भएपछि उनी पोखरा आएकी हुन । दिदीको घरमा बस्ने बेला हात नभएकी बालिका भनेर सार्वजनिक भएपछि रामबजारका निरज थापाले सुरुमा थाहा पाएर एसओएसमा पढाउन लगिएको हो । पोखराको हेरालो प्रतिष्ठानले पनि उनको पढाईमा सहयोग गर्दै आएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...