म्याग्दीमा नौ करोड राजस्व संकलन, ५७ प्रतिशत बजेट खर्च

Add Samajik bikash office

बेनी, म्याग्दी स्थित संघीय र प्रदेश सरकार मातहतका कार्यालयहरुले चालु आर्थिक वर्ष २०८०÷०८१ को हालसम्म ९ करोड १२ लाख ३७ हजार ६८५ रुपैयाँ राजस्व संकलन गरेका छन् ।

संघीय कार्यालयले ६ करोड ९९ लाख ६७ हजार ९३९ र प्रदेश कार्यालयले २ करोड १२ लाख ६९ हजार ७४६ राजस्व संकलन गरेका कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

कार्यालयले मदिरा तथा सुर्तिजन्य पदार्थको इजाजतपत्र जारी र नविकरण वापत चालु आर्थिक वर्षमा ३० लाख १९ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ ।

Shreekrishna hardwear in news

२३८ वटा मदिरा र सुर्तिजन्य पदार्थ बिक्री बितरण गर्ने ब्यवसायीहरुबाट सो राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक बिनोद सुवेदीले बताए ।

उनका अनुसार मदिरा ब्यवसायबाट २५ लाख २६ हजार ७५० रुपैयाँ र सुर्तिजन्य ब्यवसायबाट ४ हजार ९२ हजार ७५० रुपैयाँ राजस्व संकलन भएको हो ।

जिल्लाभर ३३६ जनाले मदिरा तथा सुर्तिजन्य पदार्थको ब्यापारका लागि इजाजत लिएकोमा २३८ जनाले नविकरण गरेका छन् ।

इजाजतपत्र नविकरण नगरेका ९८ जना ब्यवसायीहरुलाई नविकरणका लागि म्याग्दी उद्योग वाणिज्य संघ मार्फत सहजिकरण गरिएको अध्यक्ष सुविन श्रेष्ठले बताए ।

म्याग्दीमा यस वर्ष भित्रिएको पुजिगत (विकास) बजेटको ५७ प्रतिशत खर्च भएको छ ।

Bhautik ministry notice about road

कुल १ अर्ब ७ करोड ६७ लाख ११ हजार ८६० बजेट भएका संघीय र प्रदेशका कार्यालयहरुले बिहिबारसम्म ५७.०६ प्रतिशत अथवा ६१ करोड ४४ लाख ११ हजार ७८९ रुपैयाँ बजेट खर्च गरेका कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

कार्यालयका कोष नियन्त्रक बिनोद सुवेदीले गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको ९४ करोड ८२ लाख १ हजार रुपैयाँ मध्य ५६.६७ प्रतिशत अथवा ५३ करोड ७४ लाख २९ हजार ३०४ रुपैयाँ खर्च भएको बताउनुभयो ।

संघीय सरकारका कार्यालयहरुलाई पुजिगत शिर्षकमा प्राप्त भएको १२ करोड ८५ लाख १० हजार ८६० रुपैयाँ बजेट बिनियोजन भएको मध्य ५९.९ प्रतिशत अथवा ७ करोड ६९ लाख ८२ हजार ४८५.९७ रुपैयाँ खर्च भएको छ ।

चालुतर्फ कुल ३ अर्ब ४८ करोड १८ लाख ४२ हजार ९७८ रुपैयाँ बजेट मध्य हालसम्म ९६.३७ प्रतिशत अथवा ३३ करोड ५५ लाख ६८ हजार १०२ रुपैयाँ खर्च भएको छ । संघीय र प्रदेशको चालु बजेटमा तलबभत्ता, प्रशासनिक खर्चका साथै स्थानीय तहलाई दिइने अनुदान समेत समेटिएको छ ।

संघीय र प्रदेश सरकारको चालु, पुजिगत दुवै शिर्षकमा ४ अर्ब ५५ करोड ८५ लाख ५४ हजार ८३८ रुपैयाँ बिनियोजन भएकोमा ३ अर्ब ९७ करोड ९१ हजार ८९१ खर्च रुपैयाँ भएको छ ।

पँुजिगत शिर्षकको बजेटको ठुलो मात्रा असार महिनामा खर्च गर्ने प्रवृति सुधार नहुुनु बजेट परिचालनको प्रमुख चुनौतिका रुपमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख अशोक खनालले बताए ।

जेठ मसान्तसम्म म्याग्दीमा कुल पुजिगत बजेटको ४० प्रतिशत मात्र खर्च भएको थियो । असार महिनाको २० दिनमा १७ प्रतिशत बजेट खर्च भएको छ । हरेक वर्षको पुजिगत बजेटको आधा हिस्सा असार महिनामा खर्च हुन्छ । असार आर्थिक वर्षको अन्तिम महिना हो । आर्थिक वर्षको अन्तिम महिनामा हुने खर्च आर्थिक अनुसाशन विपरित हुने सरोकारवाला बताउँछन् ।

जनशक्ति कमी, ठेक्का प्रक्रीया, अख्यितारी र बहुबर्षीय ठेक्काको सहमति पाउन ढिलाई हुनु र कतिपय निर्माण व्यवसायीले समयमा काम नगर्दा बजेट परिचालनमा समस्या भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद पौडेलले बताए ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...