म्याग्दीका कृषकलाई घाँसका बिरुवा वितरण शुरु

Add Samajik bikash office

बेनी,। भु तथा जलाधार संरक्षण कार्यालय पर्वतले म्याग्दीका कृषकलाई बिहिबार देखि घाँसका बिरुवा वितरण गर्न थालेको छ ।

बेनीमा रहेको नर्सरीमा कार्यालयको वार्षिक कार्यक्रम र बेनी नगरपालिकाको सहयोगमा १५÷१५ हजार बिरुवा उत्पादन भएको छ । २० हजार निमारो र १० हजार राईखन्यु प्रजातिका बिरुवा उत्पादन भएको हो ।

Bhautik ministry notice about road

कार्यालयका प्रमुख दिवाकर पौडेलले कृषकहरुलाई घाँस आपुर्तिमा सहज बनाउने, पशुपालनको लागत घटाउने र भुक्षय न्युनीकरण गर्ने उद्देश्यले घाँसका बिरुवा उत्पादन गरेर वितरण थालिएको छ ।

Shreekrishna hardwear in news

बेनी सहित कार्यालय मातहत कुश्मा, बागलुङ र स्याङ्जाको ४ वटा नर्सरीमा यस वर्ष ६७ हजार घाँसका बिरुवा उत्पादन गरेको उहाँले बताउनुभयो । बेनीमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बिरुवा वितरण कार्यक्रमको शुरुवात गर्नुभएको थियो ।

मागको आधारमा बिरुवालाई निशूल्क वितरण गरिएको हो । प्रजिअ ढकालले बिरुवाको संरक्षण र हुर्काउन जोड दिनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...