अन्नपुर्णका डेढ सय उद्यमीलाई सिप र प्रविधि सहयोग

Add Samajik bikash office

पोखरेबगर, । अन्नपूूर्ण गाउँपालिकाले यस वर्ष करिब डेढ सय उद्यमीलाई सिपमुलक तालिम र प्रविधि सहयोग गरेको छ ।

गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मार्फत नयाँ उद्यमीहरुलाई सिपमुुलक तालिम, पुराना उद्यमीको स्तरोन्नतिका साथै औजार, उपकरण सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।

अन्नपूूर्णका उद्यम विकास सहजकर्ता बिष्णु गौतमले ११३ जना नयाँ उद्यमीहरुलाई तालिम र २९ जनालाई स्तरोन्नतिका साथै औजार उपकरण सहयोग गरिएको जानकारी दिनुभयो । २५ जनालाई होमस्टे, २७ जनालाई मिनिटेलर हलो, १५ जनालाई व्यवसायिक तरकारी खेती, २० जनालाई जडिवुटी खेती र २६ जनालाई ट्रकीङ गाइड सम्बन्धी तालिम दिएको उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

२९ जना उद्यमीहरुलाई स्तरोन्नति सम्बन्धी तालिमका साथै आलुुको चिप्स बनाउने, साबुन बनाउने औजार, उपकरण र कच्चा पदार्थ सहयोग गरिएको गौतमले बताउनुभयो । स्थानीय स्रोत साधनमा आधारित उद्यम व्यवसाय सञ्चालन गरि आयआर्जन वृद्धि, रोजगारीको अवसर सिर्जनाका लागि लघुद्यम विकास कार्यक्रम मार्फत तालिम र प्रविधि सहयोग गरेको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो ।

उद्यमीहरुलाई वित्तीय सेवामा पहुँच बढाउने उद्देश्यले बुुधबार गाउँपालिकाको कार्यालय पोखरेबगरमा बैंक वित्तीय संस्था, सहकारी र लघुुवित्तका प्रतिनिधी, उद्यमी र जनप्रतिनिधीहरुबीच छलफल भएको थियो । अन्नपूूर्ण गाउँपालिका ७ रिमाका किबी खेती गरेका कृषक बेगबहादुर पुर्जाले गाउँको खेती किसानी धानेका जेष्ठ नागरिकलाई बैंकले विश्वास नगर्ने र उत्पादन भएको उपजले बजार तथा मूल्य नपाउने समस्या रहेको बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष तिलिजाले कृषि एम्बुलेन्स र स्थानीय उद्यमीहरुले उत्पादन गरेका सामान बजारीकरण गर्न कोशेलीघर बनाउन लागेको जानकारी दिनुभयो । उहाँले व्यवसाय दर्ता गर्न आग्रह गर्नुभयो । बैंक र वित्तीय संस्थाका प्रतिनिधीहरुले दर्ता लगायतका प्रक्रीया पुरा गरेर आउन उद्यमीहरुलाई ऋण उपलब्ध गराउने बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...