अन्नपूूर्णले रोजगार रणनीतिको मस्यौदा बनायो

Gandaki Ghumau

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले रोजगार रणनीतिको मस्यौदा बनाएको छ ।

पालिका स्तरमा रोजगारको अवस्था, सम्भावना, आवश्यकता पहिचान गरि रोजगारी सिर्जनाका साथै वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन रोजगार रणनीति बनाइएको हो । गाउँपालिकाका रोजगार संयोजक सुमित्रा गैह्ै पौडेलले बुधबार पोखरेबगरमा आयोजना गरिएको श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रममा रणनीतिको मस्यौदा प्रस्तुत गर्नुभएको थियो ।

सबै स्थानीय तहले रोजगार रणनीति बनाउनुुपर्ने संघीय सरकारको नीति र कार्यक्रम अन्नपूूर्णले लक्षित समुदाय र सरोकारवालाहरुको सुझावलाई समेटेर कार्यान्वयन गरेको हो । रणनीतिमा स्थानीय स्तरमा सञ्चालन हुने विकास आयोजनाका लागि आवश्यक दक्ष र सिपयुक्त जनशक्ति तयार पार्न जोड दिइएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

वैदेशिक रोजगारमा हुने ठगी र असुुरक्षित कार्यलाई न्युनीकरण गर्न श्रम स्विकृति लिएर मात्र जाने, वैदेशिक रोजगारमा गएका र उनिहरुका आश्रित परिवारले पाउने सेवा सुविधामा पहुुँच बढाउन रणनीतिले जोड दिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले सम्भव भएसम्म स्वदेशमै रोजगार, स्वरोजगार बनाउने, विदेश जानुपर्ने अवस्थामा श्रम स्विकृति लिएर आफ्नै देशको विमानस्थल प्रयोग गर्न र वैदेशिक रोजगार विभागले दिने सेवा सुविधामा चासो दिनुुपर्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले गाउँपालिकाले श्रम गर्नेलाई सधै सम्मान गर्ने बताउदै असुुरक्षित रुपमा वैदेशिक रोजगारमा जाँदा ठगीका साथै ज्याननै जोखिममा पर्ने तथा वैदेशिक रोजगार विभागबाट पाउने सेवा सुविधाबाट बञ्चित हुुनुपर्ने अवस्था आउनेतर्फ सचेत रहन आग्रह गर्नुुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...