जलजलाका कृषकलाई सुन्तला जात फलफुलका बिरुवा वितरण

Add Samajik bikash office

बेनी । पर्वतको जलजला गाउँपालिकाले कृषकहरुलाई सुन्तला जात फलफुलका बिरुवा वितरण गर्न थालेको छ ।

गाउँपालिकाको कृषि शाखाले टोल विकास संस्था र कृषक समूहलाई सुन्तला र कागतीका बिजु र कलमी विरुवा वितरण गर्न शुरु गरेको हो । बर्खे भरी शुरु भएको असार महिना सुन्तलाका बिरुवा रोप्नका लागि उपयुक्त याम हो ।

Bhautik ministry notice about road

जलजलाको कृषि शाखाका अधिकृत राजुप्रसाद गौतमले ५० प्रतिशत अनुदानमा ७ हजार सुन्तला जात बिरुवा वितरण गर्न थालिएको बताउनुभयो । तल्लो भेगका कृषकलाई मिलनचोक स्थित कृषि शाखा र माथिल्लो भेगका कृषकलाई लेकफाँटको नर्सरीबाट बिरुवा वितरणको व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news

कृषि अधिकृत गौतमका अनुसार सुन्तलाका ४ हजार बिजु र १ हजार १२० कलमी, कागतीको १ हजार २०० बिजु र ७५० वटा कलमी बिरुवा वितरण गर्ने लक्ष्य रहेको छ । सुन्तला जात फलफुल बिरुवा वितरणका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा रु. २ लाख बजेट बिनियोजन गरेको थियो ।

जलजलाको बाँसखर्क गण्डकी प्रदेशमै धेरै सुन्तला उत्पादन हुने गाउँ हो । वडा नं. २, ३, ४, ५, ६, ७, ८ र ९ नम्बर वडाको भूगोलमा पनि सुन्तला खेती हुने गरेको छ । नगद र अन्नबालीको तुलनामा बढी फाइदा हुने भएकाले कृषकहरु सुन्तला खेतीतर्फ आकर्षित भएका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...