कालीपुलमा कोशेली घर शुरु

Add Samajik bikash office

बेनी,

बेनी नगरपालिका ८ कालीपुलमा स्थानीय उत्पादनको बिक्री कक्ष (कोशेली घर) स्थापना भएको छ । कालीपुल म्याग्दी र मुस्ताङ भित्र्ने मुख्य नाका हो ।

जिल्लामा उत्पादन भएको कृषि, वन, पशुजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिले बेनी नगरपालिकासँगको समन्वयमा बिक्री कक्ष सञ्चालन गरेका हुन् ।

Shreekrishna hardwear in news

कक्षमा म्याग्दीमा उत्पादन हुने सिमी, भागो, आलु, टिम्मुर, अल्लो र ढाकाका कपडा, मुडा, मह, मकै, अचार, भागो, नाङ्लो, डोका लगायतका परिकार राखिएको महिला उद्यम विकास समितिका अध्यक्ष अम्बिका श्रेष्ठले बताइन् ।

‘म्याग्दी भित्र्ने र मुस्ताङ जाने आउने मुख्य नाकामा स्थापना गरिएको कोशेली घरले स्थानीय उत्पादनको बजारीकरणका साथै जिल्लाको पहिचान बढाउन सहयोग पुग्ने अपेक्षा गरेका छौ,’ उनले भनिन् ‘गाउँका कृषक र उद्यमीले उत्पादन गरेका कृषि उपज र सामग्री खरिद गरि बिक्री गर्ने व्यवस्था मिलाएका छौ ।’

Bhautik ministry notice about road

कोशेली घर रहेको भवनमा गत वैशाख महिनामा पर्यटकहरुलाई जिल्लाका धार्मिक, पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराउने उद्देश्यले पर्यटक सूचना केन्द्र सञ्चालन भएको छ । सूचना केन्द्र र कोशेली घरले पर्यटन प्रर्वद्धनका साथै स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए ।

‘म्याग्दी भ्रमण वर्षको अवसरमा २०७५ मा स्थापना भएको सूचना केन्द्र कोरोना महामारी फैलिएपछि वि.स. २०७७ देखि बन्द भएको थियो,’ उनले भने ‘३ वर्षपछि गत वैशाखदेखि पुनःसञ्चालनमा ल्याइएको सूचना केन्द्रमा १ जना कर्मचारी र धार्मिक, पर्यटकीय स्थल, कला, संस्कृति सम्बन्धी जानकारी मुलक तस्विर तथा दृष्य सामग्री राखिएको छ ।’

म्याग्दीका ६ वटै स्थानीय तहका पर्यटकीय, धार्मिक स्थलका साथै जनजिवन, संस्कृति, रहनसहन झल्कने तस्विर, त्यसको महत्व, अवस्थिति, पुग्न लाग्ने समय र खान बस्नको सुविधा लगायत विषयमा जानकारीमुलक बोर्ड राखिएको छ । सूचना केन्द्र र कोशेली घर स्थापनाका लागि तत्कालीन जिविस र बेनी नगरपालिकाले २५ लाख रुपैयाँ बढी बजेट खर्चेर भवन बनाएका थिए ।

कोशेली घरको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनीमा पर्यटकको बसाई लम्बाउन, उद्यम व्यवसाय प्रर्वद्धन गर्न कोशेली घर र सूचना केन्द्र सहयोगी बन्ने विश्वास गरे । कालीपुल बसपार्कलाई ब्यवस्थित गरिएको र सडकलाई आक्सफाल्ट प्रबिधीको कालोपत्र गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले ठेक्का आव्हान गरेको जानकारी दिए ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले महिलाहरुलाई सिप सिकाउन र उद्यमशिलताको विकासका लागि आमा समूहसँग उपमेयर कार्यक्रम सञ्चालन गरेको बताइन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...