बेनी नगरपालिकाको बाँसबोटमा सडक कालोपत्र

khali

बेनी, म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजना अन्र्तगत बाँसबोट क्षेत्रमा ट्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो ।

गण्डकी प्रदेश सरकारको रु. ५० लाख शसर्त अनुदान र बेनी नगरपालिकाले रु. ३० लाख बजेट बिनियोजन भएको यस सडक आयोजना निर्माणका लागि श्रमजिवी निर्माण सेवाले रु. ५६ लाख ५२ हजार ४५ मा ठेक्का सम्झौता गरेको थियो ।

बाँसबोटमा ३३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको बेनी नगरपालिकाका ईञ्जिनियर दिपेश केसीले बताउनुभयो । कालोपत्र र ढलान अघि सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र कुनातर्फ टेवा पर्खाल निर्माण गरिएको थियो ।

Shreekrishna hardwear in news

विभिन्न ठाउँमा १०० मिटर ढलान गर्ने काम सकिएको निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाले बताउनुभयो । बाँसबोटका कृषक दुर्गादत्त पौडेलले सडक स्तरोन्नति भएपछि आवत जावतमा सहज भएको बताउनुभयो ।

पशुपालक कृषक समेत रहेका पौडेलले सडक सुधार भएसँगै यसअघि बाँसबोटदेखि बेनी आउन ३० मिनेट लाग्ने गरेकोमा अहिले यात्राअवधी छोटिएर १० मिनेट भएको बताउनुभयो । बेनी सामुदायिक माथि, कुरिलाखर्क र अर्थुङ्गेको घुम्तिमा सडक स्तरोन्नति गर्नुपर्ने स्थानीयबासीले बताएका छन् ।

khali


गत वर्ष अर्थुङ्गे देखि बाँसबोट सम्म करिब २०० मिटर सडक कालोपत्र भएको थियो । यो सडकले बेनी नगरपालिकाको ६, ५ र मंगला गाउँपालिकाको १ नम्बर वडाका बस्तिहरुलाई जिल्ला सदरमुकाम बेनीलाई जोड्छ ।

बेनी–पुलाचौर सडकको एकपाटे, अवेचौर, पुरुण्डी खण्डमा स्तरोन्नति र बेनीको संगमचोक देखि हुलाकचोक खण्डमा ओभरले कालोपत्र गर्न सञ्चालित अर्को आयोजना पनि सम्पन्न हुने चरणमा छ । सडक बोर्ड नेपालको रु. ७० लाख र बेनी नगरपाकिलाको रु. ३० लाख बजेट रहेको यो सडक अन्र्तगत एकपाटे, अवेचौर र पुरुण्डी क्षेत्रमा ४०० मिटर सडक ढलान गर्ने काम अन्तिम चरणमा पुगेको हो ।

ढलानको काम सकेर हुलाकचोक देखि संगमचोक सम्मको १३० मिटर सडक प्रिमिक्स कालोपत्र गर्ने काम यही असार महिनासम्म सम्पन्न गर्ने तयारी गरेको निर्माण कम्पनीका सञ्चालक नवराज बरुवालले बताउनुभयो ।

यो सडक स्तरोन्नतिका लागि एसएस विल्डर्सले रु. ७६ लाख २१ ह्जार १९९ मा ठेक्का सम्झौता गरेको थियो । यो ठेक्काको काम सकिएपछि बेनी देखि पुरुण्डी सम्मको सडक सहज हुने जनाइएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...