म्याग्दीका १२ विद्यालयको एसइई नतिजा शून्य

Add Samajik bikash office

बेनी, । म्याग्दीका १२ वटा विद्यालयका परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कक्षा ११ मा भर्ना हुन नमिल्ने (ननग्रेड) अथवा शून्य नतिजा ल्याएका छन् ।

शैक्षिक भाषामा यस्तो नतिजालाई शून्यका रुपमा बुझ्ने गरिएको छ । ननग्रेड नतिजा ल्याएका विद्यार्थी कक्षा ११ भर्ना हुन पाउदैनन् । उनिहरुले कक्षा ११ भर्ना हुनका लागि ग्रेडवृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका अनुसार बेनपा–१ को भानु मावी, अन्नपूर्ण–८ को हिमाञ्चल मावि, वडा नं. ५ को पाउद्धार मावि, रघुगंगा–१ को महादेव मावि, धवलागिरी–२ को लमसुङ मावि, वडा नं. ७ को किसानी चन्द्रकुन्ता मावि, मालिका–१ को निस्कोट र वडा नं. ५ को गौबोमबस्त माविले कक्षा ११ भर्ना हुनका लागि आवश्यक मापदण्ड अनुसारको जिपिए प्राप्त गर्न सकेनन् ।

Shreekrishna hardwear in news

उज्यालो बैकल्पिक विद्यालय र खुल्ला विद्यालयबाट परीक्षामा सहभागी १ जना पनि उतिर्ण नभएका इकाईका प्रमुख दलबहादुर थापाले बताउनुभयो । साधारणतर्फ १ जना मात्रै विद्यार्थी उतिर्ण हुने विद्यालयको संख्या ११ वटा रहेको छ ।

गत चैत महिनामा सञ्चालन भएको परिक्षामा म्याग्दीका ७५ वटा माध्यमिक विद्यालयका १ हजार ८४० जना विद्यार्थी सहभागी भएका थिए । म्याग्दी जिल्लाबाट परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ३७.७४ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । उनीहरुले कक्षा ११ पढ्न पाउनेछन् ।

परीक्षामा सहभागी भएकामध्ये ६२.२६ प्रतिशत परीक्षार्थीले ननग्रेड (ननग्रेड) अर्थात् फेल भएका छन् । शिक्षा समन्वय इकाई प्रमुख थापाले नन–ग्रेडेड परीक्षार्थीमध्ये २ वटासम्म विषय लागेर पूरक परीक्षा दिन पाउने विद्यार्थी ३१ प्रतिशत रहेका छन् । अर्को बर्षको परीक्षा कुर्नुपर्ने विद्यार्थी संख्या ३२ प्रतिशत रहेको छ ।

Bhautik ministry notice about road

साधारणतर्फ बाहेक प्राविधिक धारमा कुल सहभागि ७९ विद्यार्थीमध्ये ६१ प्रतिशतले माथिल्लो तह पढ्न पाउने भएका छन् । बेनीको लिटल गार्डेन एकेडेमी र बाबियाचौरको डनिङ वोर्डिङका विद्यार्थीले शतप्रतिशत ग्रेड प्राप्त गरेका छन् । कुनै न कुनै विषयमा (ननग्रेड) ल्याउने विद्यालयको संख्या ७३ छ ।

यस पटक उत्तीर्ण हुन सैद्धान्तिकमा ३५ र प्रयोगात्मकका ४० प्रतिशत अङ्क ल्याउनैपर्ने नयाँ व्यवस्थाले गर्दा उत्तीर्ण दर घटेको शिक्षकहरुले बताएका छन् । गणित, विज्ञान र अङ्ग्रेजीमा नतिजा कमजोर रहेको छ ।

विषयगत शिक्षकको अभाव, ग्रामिण क्षेत्रमा सञ्चालन हुने मेलाजात्राका कारण पठनपाठन प्रभावित हुनु, स्थानीय तहहरुबाट अनुगमन र नियमन हुन नसक्नु, शिक्षकहरुको राजनीतिक तथा ब्यवसायिक गतिबिधिमा संलग्नता बढ्नु तथा सरोकारवालाहरुको बेवास्ताका कारण नतिजा खस्कीएको बताइएको छ ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कमजोर नतिजा ल्याउने विद्यालयको नतिजा सुधार गर्न कार्ययोजना बनाई कार्यान्वयन गराउने, जिम्मेवारी किटान गर्ने र सोको प्रगति विवरण अद्यावधिक गर्न लगाउने बताउनुभयो । कमजोर नतिजा ल्याएका विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सम्बन्धीत वडाका जनप्रतिनिधीलाई बेनी नगरपालिकाले आइतबार छलफलमा बोलाएको छ ।

(एसइई)कोे नतिजा अनुसार म्याग्दी जिल्लामा लिटल गार्डेन एकेडेमीकी बिदिशा सुवेदीले जिल्लामा सबैभन्दा बढी जिपिए प्राप्त गर्नुभएको छ । लिटल गार्डेन एकेडेमीबाट एसईईमा सहभागी भएकी रघुगंगा गाउँपालिका–३ मौवाफाँटकी बिदिशाले ३.८६ जिपिए ल्याउनु भएको हो । जिल्लामा उत्कृष्ट नतिजा ल्याएको सो विद्यालयले शुक्रबार बेनी बजारमा ¥याली आयोजना गरेर विद्यार्थीहरुलाई अभिनन्दन गरेको प्रिन्सपल दिपक सुवेदीले बताउनुभयो ।

यसअघि वि.स. २०७८ को एसईई परिक्षामा पनि लिटल गार्डेनका विद्यार्थीले जिल्ला टपेका थिए । सामुदायिक विद्यालय तर्फ प्रकाश माविका विद्यार्थीहरुले अन्य विद्यालयको तुलनामा बढी जिपिए ल्याएका विद्यालयले दावी गरेको छ ।

सुधन घिमिरेले ३.८३ जिपिए, असिम पौडेलले ३.८२, सन्देश पौडेलले ३.८२ जिपिए ल्याउनु भएको छ । सामुदायिक विद्यालयको छात्रातर्फ जिल्ला जिल्ला भएकी प्रकाश माविकी सृजना श्रेष्ठले ३.७९ जिपिए प्राप्त गर्नुभएको छ । यसैगरी एन्जल खड्काले ३.७३ जिपिए ल्याउनु भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...