पाखापानीकी पाइजाको उपचारका लागि हङकङबाट सहयोग

Add Samajik bikash office

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीकी शुशिला पाइजाको उपचारका लागि हङकङबाट आर्थिक सहयोग प्राप्त भएको हो ।

टाउकोमा समस्या भएर थलिएकी पाइजाको उपचारका लागि हाल हङकङमा रहनुभएका पाखापानीका भिम पुन, मेखकुमार पाइजा, हिरो पाइजा, महेश पाइजा, यामु पाइजा, खिमा पुनको समन्वयमा सहयोग गरिएको हो ।

हङकङबाट पठाएको रकम पोखरामा पाखापानीको स्टार स्पोट्स क्लवका सचिव प्रकाश पाइजाले शुशिलालाई हस्तान्तरण गर्नुभयो । हङकङमा रहेका पाखापानीबासीहरुले यसअघि क्यान्सरबाट थलिएकी बेलबहादुर बिककी श्रीमतिको उपचारका लागि रु. ५२ हजार ५०० र स्तन क्यान्सर पिडित ज्ञान बिकलाई रु. ५२ हजार सहयोग गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बाध्यताले परदेशमा रहनुपरेपनि आफ्नो जन्मथलोमा दुख, पिडामा परेका नागरिकहरुलाई अप्ठ्यारो पर्दा साथ दिने गरिएको हङकङमा रहनुभएका भिम पुनले बताउनुभयो । उहाँहरुले स्टार स्पोट्स क्लवको खेलमैदान निर्माण लगायत गाउँको विकास निर्माण र सामाजिक काममा पनि सहयोग गर्नुभएको क्लवका अध्यक्ष केशव पाईजाले बताउनुभयो ।

सहयोगदाताहरुको नामावली

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...