स्टार स्पोट्स क्लवको खेलमैदान निर्माण

Add Samajik bikash office

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा नयाँ खेलमैदान निर्माण भएको छ ।
स्थानीयबासी, प्रवासीहरु र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोट्स क्लवले खेलमैदान निर्माण गरेको हो । क्लवका अध्यक्ष केशव पाइजाले सो खेलमैदानमा भलिबल, बास्केटबल र एथलेटिक्स बिधाका खेल सञ्चालन गर्न सकिने बताउनुभयो । खेलाडीहरुलाई अभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ ।

स्थानीयबासीले उपलब्ध गराएको पाखोबारी सम्माएर ढलान सहितको खेलमैदान निर्माण गरिएको हो । ४० मिटर लम्बाई र १८ मिटर चौडाईमा ढलान गरि फाइवर बोर्ड राखिएको खेलमैदानको कुनातर्फ दर्शक बसेर खेल अवलोकन गर्न मिल्ने प्याराफिट बनाइएको छ ।

खेलमैदान निर्माणका लागि रु. ४३ लाख ७७ हजार १५७ सहयोग जुटेको थियो । स्थानीय रामकुमारी पाईजा, धनबहादुर रोका, जसे पुन, कुल तुलाचन, हेमलाल शेरपुञ्जा र गोरे पुनले निशूल्क जग्गा उपलब्ध गराउनु भएको थियो ।

Shreekrishna hardwear in news

हाल हङकङमा कार्यरत पाखापानीका भिम पुनको नेतृत्वमा रु. १८ लाख ६ हजार १५३, बेलायतमा रहनुभएका क्लवका संस्थापक सचिव असुन पाइजा र कोषाध्यक्ष रमेश पाइजाको पहलमा रु. ६ लाख ९१ हजार, अस्टे«लीयामा रहेका पुर्व सहकोषाध्यक्ष डेक पाइजाको अगुवाईमा रु. २ लाख १५ हजार र सिंगापुरबाट रु. १ लाख सहयोग प्राप्त भएको क्लवले जनाएको छ ।

Bhautik ministry notice about road

रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा रु. ७ लाख ४७ हजार अनुदान उपलब्ध गराएको योजनाका लागि देशभित्रै र विश्वका अन्य देशमा रहेका पाखापानीबासीहरुले रु. ८ लाख १८ हजार ५ सहयोग गरेका छन् ।

पाखापानीका १५२ घरधुरीले न्युनतम २ दिनका दरले श्रमदान गरेका छन् । थिरवाङ टोलबासीले गिट्टी र रु. १२ हजार नगद सहयोग गरेका थिए । कमनाथबाट रु. ११ हजार र पाखापानी गाउँदेखि रु. ९ हजार सहयोग प्राप्त भएको थियो ।

स्वर्गीय टेकबहादुर र तिर्थकुमारी पुनको स्मृतिमा उहाँका छोराहरु खिम पुन र भिम पुनले रु. ३ लाख ६ हजार खर्च गरेर पाखापानीको मुल सडक देखि खेलमैदान जोड्ने सडक निर्माण गर्नुभएको छ ।

हालै उद्घाटन भएको खेलमैदानमा खेलकुद प्रतियोगिता र राष्ट्रिय कलाकार मेलिना राईको उपस्थितिमा सांस्कृतिक कार्यक्रम गरिएको थियो । खेलमैदानमा घेराबार, नाली र स्टेज सहितको भवन निर्माण गर्ने लक्ष्य राखिएको अध्यक्ष पाईजाले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...