सन्तोष बोगटी मृत्यु प्रकरणमा किसान जिसी दोषी करार

khali

बेनीः म्याग्दीको बेनी नगरपालिका –१ थाङ्ने (आनन्दबगर)का कृष्णबहादुर (सन्तोष) बोगटीको मृत्यु प्रकरणमा छिमेकी÷साथी एवं व्यावसायिक साझेदार कृष्णबहादुर जिसी (किसान) दोषी ठहर भएका छन् ।

जिल्ला अदालत म्याग्दीका न्यायाधिश प्रकाशप्रसाद पण्डितको आईतबारको इजलासले लापरबाहीपूर्ण काम गरि बोगटीको ज्यान मारेकोमा जिसीलाई दोषी करार गर्ने फैसला सुनाएको हो । म्याग्दी अदालतका श्रेष्तेदार भोलाराज रेग्मीले फौजदारी संहिताको १८१ नम्बर बुढामा भएको व्यवस्था अनुसार जिसीलाई दोषी करार गरिएको जानकारी दिनुभयो ।

लापरबाहीपूर्ण काम गरि ज्यान मार्न नहुने र त्यस्तो कसुर गर्ने व्यक्तिलाई दफा १७७, १७८ र १७९ को अवस्थामा बाहेक ३ देखि १० वर्षसम्म कैद र रु. तीस हजार देखि रु. १ लाख सम्म जरिवाना हुने व्यवस्था रहेको छ । यही असार ३१ गते कति सजाय तोक्ने भन्ने निर्णय हुने श्रेष्तेदार रेग्मीले बताउनुभयो ।

Shreekrishna hardwear in news

बेनीमा फेन्सी ब्यवसाय गर्ने ४० वर्षीय बोगटी २०७९ चैत ३० गते बिहान बेनी–बाग्लुङ सडकअन्तर्गत खबराको हुलाके डाँडास्थित भिरमा बोगटी मृत अवस्थामा फेला गर्नुभएको थियो । बोगटीको मृत्यु शंकास्पद देखिएपछि आफन्तले २०८० वैशाख १ गते नै जिसीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

khali

थाङ्ने (आनन्दबगर) स्थित कालीगण्डकी नदीबाट नदीजन्य पदार्थ उत्खनन तथा स्थानीय खेल मैदान निर्माण समितिका पदाधिकारी रहेका बोगटी र जिसी चैत ३० गते बोगटीको मोटरसाइकलमा रत्नेचौरमा पुगेका थिए ।

त्यहाँ मदिरा सेवनगरी मोटरसाइकलमा राति ९ बजे फर्केका बोगटी र जिसी मध्य राति १२ बजे बेनीमा जिसी एक्लै मोटरसाइकल लिएर आई बोगटीको पसलबाहिर पार्किङ गरी हिँडेको रत्नेचौर र बेनीमा भएको सीसीटीभीमा देखिएको थियो ।

रत्नेचौरको एक होटलमा रहेको सीसीटिभी फुटेज, रत्नेचौर–बेनीको सडक दूरी र समयावधि तथा बेनीको नगरपालिका अगाडि रहेको सीसी क्यामेरा फुटेज हेर्दा बोगटी मृत्यु प्रकरणलाई रहस्यमय हिसाबले हेरिएको थियो ।

२०८० वैशाख २७ गते तत्कालीन जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालको आदेशअनुसार जिसीलाई पूर्पक्षमा राखी अनुसन्धान गर्न कारागार चलान गरिएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...