म्याग्दीमा ट्याक्टर दुर्घटनामा १ जनाको ज्यान गयो

Add Samajik bikash office

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–४ खारामा आइतबार ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

धवलागिरी गाउँपालिका–४ नाउरा देखि मालिका गाउँपालिकाको केन्द्र दरवाङतर्फ जादै गरेको लु ४ त ३४९३ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार ट्याक्टरमा सवारी रामेछापको खाँडदेवी गाउँपालिका–८ का ३२ वर्षीय रवी भण्डारीको मृत्यु भएको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उनलाई दिउँसो १२ः२० मा दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए ।

ट्याक्टर सडक देखि ३०० मिटर तल खसेको थियो । चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका १ का ३० वर्षीय भुवन कुमार पाख्रिन सकुसल रहेका छन् । उक्त ट्याक्टर अपर म्याग्दी जलविद्युत आयोजनामा निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो ।

मृतकको शवलाई बेनी अस्पतालमा परिक्षणको लागि राखिएको र चालक पाख्रिनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...