एसईई नतिजा ः लिटल गार्डेनकी विदिशाले ३.८६ जिपिए ल्याइन

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी,। माध्यमिक शिक्षा परिक्षा (एसइई)को बिहिबार सार्वजनिक भएको नतिजा अनुसार म्याग्दी जिल्लामा लिटल गार्डेन एकेडेमीकी बिदिशा सुवेदीले जिल्लामा सबैभन्दा बढी जिपिए प्राप्त गर्नुभएको छ ।

लिटल गार्डेन एकेडेमीबाट एसईईमा सहभागी भएकी रघुगंगा गाउँपालिका–३ मौवाफाँटकी बिदिशाले ३.८६ जिपिए ल्याएकी विद्यालयले जनाएको छ । बिदिशाले प्राप्त गरेको जिपिए अंक म्याग्दीमा सबैको भन्दा बढी भएको लिटल गार्डेन एकेडेमीका प्रिन्सीपल दिपक सुवेदीले बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

“बिदिशाले यसपालीएको एसईइमा म्याग्दी जिल्ला टप गर्नुभएको छ,” उहाँले भन्नुभयो “यसअघि वि.स. २०७८ को एसईई परिक्षामा पनि लिटल गार्डेनका विद्यार्थीले जिल्ला टपेका थिए ।” पढाईमा रुची राख्ने लगनशिल विद्यार्थी बिदिशाले विज्ञान विषय लिएर उच्च शिक्षा पढ्ने बताउनुभयो ।

Shreekrishna

यसैगरी सामुदायिक विद्यालय तर्फ प्रकाश माविका विद्यार्थीहरुले अन्य विद्यालयको तुलनामा बढी जिपिए ल्याएका विद्यालयले दावी गरेको छ । सुधन घिमिरेले ३.८२ जिपिए, असिम पौडेलले ३.८२, सन्देश पौडेलले ३.८२ जिपिए ल्याउनु भएको छ । सामुदायिक विद्यालयको छात्रातर्फ जिल्ला जिल्ला भएकी प्रकाश माविकी सृजना श्रेष्ठले ३.७९ जिपिए प्राप्त गर्नुभएको छ । यसैगरी एन्जल खड्काले ३.७३ जिपिए ल्याउनु भएको छ ।

एसइईमा म्याग्दीबाट सहभागी भएका कुल विद्यार्थी मध्य ३७.७४ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । उनिहरुले कक्षा ११ पढ्न पाउनेछन् । परीक्षामा सहभागी भएका मध्य ६२.२६ प्रतिशत विद्यार्थीले ननग्रेड नतिजा ल्याएका छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...