पखेरमा ‘डिप बोरिङ’ सहितको लिफ्ट प्रबिधीको सिचाई आयोजना निर्माण

Add Samajik bikash office

पखेर, म्याग्दीको मंगला गाउँपालिका–३ पखेरमा ‘डिप बोरिङ’ प्रविधिको सिचाई आयोजना निर्माण भएको छ ।

संघीय र गण्डकी प्रदेश सरकारको लगानीमा खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले जिल्लामै पहिलो पटक भूमिगत पानी तान्ने डिप बोरिङ प्रविधिको सिचाई आयोजना निर्माण गरेको हो । कार्यालयका प्रमुख सिनियर डिभिजनल ईञ्जिनियर झलकमोहन ओझाले डिप बोरिङ, लिफ्ट, भूमिगत र भूसतही प्रविधिको संयोजन गरिएको आयोजनाको बुधबार परिक्षण सफल भएको जानकारी दिनुभयो ।

“डिप बोरिङ प्रबिधी म्याग्दी जिल्लामा पहिलो पटक पखेरमा भित्र्याएका हौ,” उहाँले भन्नुभयो “जमिन भित्र पाइप राखेर विद्युतीय उपकरणको सहायताले तानेको पानी पोखरीमा संकलन गरि, नहर र पाइपलाइनबाट खेतबारीमा सिचाई गर्ने व्यवस्था मिलाएका छौ ।” डिप बोरिंगबाट लगातार १२ घण्टा पानी तानेर परिक्षण गरिएको थियो ।

Shreekrishna hardwear in news

सुख्खा याममा भूमिगत र बर्खामा खोल्सा तथा मुहानको पानी प्रयोग गरेर बाह्ै महिना सिचाई गर्ने मिल्ने संरचना तयार पारिएको उहाँले बताउनुभयो । म्याग्दी नदी किनारमा प्वाल पारेर राखिएको २०० एम.एम. क्षमताको जिआई पाइपभित्र प्रतिसेकेण्ड १२.५ लिटर पानी तान्न सक्ने २५ हर्सपावर क्षमताको सम्पवेल पम्प (पानी तान्ने उपकरण) जडान गरिएको छ ।

पानी तान्ने उपकरण सञ्चालन गर्न नेपाल विद्युत प्राधिकरण बेनी बितरण केन्द्रले ५० केभीए क्षमताको ट्रान्सफर्मर र विद्युत लाइन जडान गरेको छ । डिप बोरिङ राखेको ठाउँदेखि १५० मिटर उचाईमा रहेको ४८ हजार लिटर क्षमताको टंकीमा पानी लैजान ११० एमएम क्षमताको एच.डि.आई. (पोलिथिन) पाइप जडान गरिएको खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीका सब ईञ्जिनियर अञ्जन खत्रीले बताउनुभयो ।

Bhautik ministry notice about road

४८ हजार लिटर क्षमताको टंकी भन्दा ७० मिटर माथि २१८ मिटर पाइपबाट प्रति सेकेण्ड २ लिटरका दरले तान्ने पानी संकलन गर्न २२ हजार ५०० लिटर क्षमताको अर्को टंकी बनाइएको छ ।
आयोजना मार्फत ५५० मिटर पक्कि नहर निर्माण भएको छ । थप १०० मिटर नहर निर्माण गर्न बाँकी छ । १३ हेक्टर क्षेत्रफल जमिनमा सिचाई सुविधा पुगेको पखेर सिचाई आयोजनाको उपभोक्ता समितिका अध्यक्ष नरबहादुर थापाले बताउनुभयो । ५० घरधुरी कृषक लाभान्वित भएका छन् ।

पखेरको खेतीयोग्य जमिन सिचाई सुविधाको अभावमा प्रयोगमा आउन सकेको थिएन् । बस्ती मुनीको म्याग्दी नदीमा बगेको पानी हेरेर चित्त बुझाउन बाध्य पखेरबासीले आकाशे पानीको भरमा खेती लगाउने गरेका थिए । २ वर्षअघि खडेरीका कारण रोपाई गर्न नपाएर धानको बिउ काटेर भैसीलाई घाँस खुवाएका थिए ।

स्थानीय कृषक छवीलाल भुषालले विगतका वर्षमा आकाशे पानीको भरमा साउनमा धान रोपाई गर्ने कृषकहरुले यसपाली असारको अन्तिम सातादेखि रोपाईको तयारी गरेका बताउनुभयो । पर्याप्त पानी भएपछि रोपाई र सिचाईका लागि पालो कुर्नुपर्ने समस्या हटेको छ । पानीका कारण उत्पन्न हुने विवाद हटेको र सामाजिक सद्भाव कायम राख्न सहयोग पुगेको छ ।

चालु आर्थिक वर्षमा संघीय सरकारबाट शर्सत अनुदान रु. ३० लाख र प्रदेशले रु. १० लाख बजेट बिनियोजन गरेको यस आयोजनालाई थप ५० लाख बजेट रकमान्तरण गर्न प्रदेशको उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयमा प्रस्ताव गरिएको कार्यालय प्रमुख ओझाले बताउनुभयो ।

गण्डकीमा हुनुपर्ने ‘पखेर लिफ्ट सिचाई योजना’ रातो किताबमा राख्ने क्रममा भएको त्रुटीका कारण लुम्बीनी प्रदेशको कार्यक्रममा परेको थियो । प्रधानमन्त्रीको निजी सचिवालयमा कार्यरत म्याग्दीका पुनम खड्काको समन्वयमा लुम्बीनी प्रदेशमा गएको योजना म्याग्दीमा स्थानान्तरण भएको उपभोक्ता समितिका अध्यक्ष थापाले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...