धवलागिरीले बनायो लोगो

Add Samajik bikash office

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले प्रतिक चिन्ह (आफ्नै लोगो) सार्वजनिक गरेको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारः समृद्ध धवलागिरीकोे मुल आधार’ भन्ने मुल नारालाई समावेश गरिएको लोगोमा गाउँपालिकाको साँस्कृतिक, ऐतिहासिक, पर्यटकीय र सम्भावनाहरुको चित्रलाई समावेश गरिएको छ ।

गाउँपालिकाले खुला प्रस्तावना आह्वान गरेर प्रतिस्पर्धा मार्फत गाउँपालिकाको पहिचान झल्कने लोगो छनौट गरेको हो । खुला प्रतिस्पर्धा मार्फत प्राप्त भएका १० वटा लोगोहरुको छनौट समिति मार्फत अध्ययन र मुल्याङ्कन गरेर उत्कृष्ट लोगोलाई छनौट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोति प्रसाद अर्यालले जानकारी दिनुभयो ।

लोगोमा नेपालको राष्ट्रिय झण्डा, गाउँपालिकाको नक्सा, संसारको सातौँ अग्लो धौलागिरी हिमाल, नदि, ढोरपाटन शिकार आरक्ष, लालीगुराँस, ऐतिहासिक ताकमकोट, दुर्लभ बन्यजन्तु रेड पाण्डा लगायत बन्यजन्तु र पंक्षिका चित्र संगै जडिबुटी, पर्यटन, कृषि, पशुपालन र जलविद्युतमा रहेको सम्भावनालाई समेत समावेश गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गाउँपालिकाको २२ औँ गाउँसभाको अवसरमा उक्त लोगोलाई सार्वजनिक गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले लोगो सार्वजनिक गर्नुभएको हो । उक्त अवसरमा उत्कृष्ट लोगो तयार गर्ने गाउँपालिकाका रोजगार संयोजक रहनुभएका धवलागिरी गाउँपालिका– ३ निवासी देविन्द्र पुनलाई नगद रु. ३० हजार सहित सम्मान गरिएको छ ।

गाउँपालिका अध्यक्ष पुन, उपाध्यक्ष रेशम पुन, प्रमुख प्रशासकिय अधिकृत अर्याल लगायतले लोगो डिजाइन गर्ने पुनलाई खादा लगाएर सम्मान पत्र र नगद सहित सम्मान गर्नुभएको थियो । धवलागिरी गाउँपालिकाले सरकारी कामकाजका लागि राष्ट्रिय सँगै आफनो लोगो पनि प्रयोगमा ल्याउने जनाएको छ । यस अघि म्याग्दीको बेनी नगरपालिकाले समेत आफ्नै लोगो प्रयोगमा ल्याइसकेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...