मध्यकालीगण्डकीको वित्तीय व्यवस्थापन

Add Samajik bikash office

बेनी,। म्याग्दीमा निर्माण शुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ ।

आईएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीमा निर्माण गर्न लागेको ६६.३ मेगावाट क्षमताको उक्त आयोजनामा नबिल बैंकको अगुवाइमा ६ वटा वाणिज्य बैंकले लगानी गर्ने भएका हुन् ।

आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रर्वद्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतामा हाइड्रो सपोर्ट प्रालिको तर्फबाट आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकको तर्फबाट सहवित्तीयकरणको लिड बैंक नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुंगानाले हस्ताक्षर गर्नुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

आयोजनामा नबिलसहित एभरेस्ट बैंक लिमिटेड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य वैक र प्रभु बैकले लगानी गर्नेछन् । आयोजनाको लागत निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब ९३ करोड रुपैयाँ अनुमानित रहेको जनाएको छ । आयोजनामा ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपूँजी (इक्विटी) बाट जुटाइएको छ । इक्विटीमा आईएमई समूह र सर्वसाधारणको लगानी रहने छ ।

सहवित्तीयकरणका बैकहरूले आयोजनामा निर्माण अवधिको ब्याजसहित ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने छन् । कुल ऋणमध्ये नबिल बैंकले ३ अर्ब १२ करोड, एभरेस्ट बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २÷२ अर्ब र नेपाल बैक, राष्ट्रिय वाणिज्य बैक र प्रभु बैकले १÷१ अर्ब रूपैयाँ लगानी गर्नेछन् ।

मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माण सन् २०२४ देखि सुरुभई ४ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल विद्युत् प्रधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिद दर ८.४० रुपैयाँ र वर्षायामको दर ४.८० रुपैयाँ कायम भएको आधारमा आयोजनाबाट हिउँदमा १३० गिगावाटबाट १ अर्ब ९ करोड रुपैयाँ र वर्षामा २७७ गिगावाटबाट १ अर्ब ३३ करोड रुपैयाँ आम्दानी हुने कम्पनीले जनाएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...