जामुनाखर्कमा खेल प्रशिक्षण

Add Samajik bikash office

बेनी, । बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा खेलकुद प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।

जामुनाखर्क को नमुना विद्यालय विकासको तेस्रो वर्षको कार्यक्रम अन्र्तगत शिक्षक एवम् विद्यार्थीहरुको खेल सिपको विकास गर्नको लागि शुरु भएको तालिम असार १४ गतेसम्म सञ्चालन हुनेछ ।

Bhautik ministry notice about road

भलिबल र ब्याडमिन्टन खेल सम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको विद्यालयका शिक्षक गणेश केसीले जानकारी दिनुभयो । जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानिया र ब्याडमिन्टन संघ म्याग्दीका सचिव भरत थापाले सहजिकरण गर्नुहुने जनाइएको छ ।

Shreekrishna hardwear in news

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष मुक्तिनाथ शर्मा र प्रअ सोमनाथ ढुंगानाले प्रशिक्षकलाई बल हस्तान्तरण गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...