भकिम्लीको आलु ब्राण्डीङ गरिदै

Add Samajik bikash office

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको छापका कृषकले सामुहिक आलु खेती गरेका छन् ।

कृषि ज्ञान केन्द्रको सहयोगमा भकिम्लीको बेलढुङ्गा कृषि फार्मले १०० रोपनी क्षेत्रफलमा आलु खेती गरेका हुन् । फर्मका उपाध्यक्ष केरसिंह पुनले ७५ रोपनीमा बर्खे र २५ रोपनीमा उन्नत जातको जनकदेव र रोजिटा जातको आलु खेती गरिएको बताउनुभयो ।

“२९ जनाको लगानी रहेको फार्ममा उत्पादन भएको आलुलाई ब्राण्डीङ गरेर बजार पठाउन लागिएको छ,” उहाँले भन्नुभयो “प्याकिङ र ट्यागीङ गरेर भकिम्लीको आलु बजार पठाउन लागेका हौ ।”

Shreekrishna hardwear in news

चिसो हावापानी र मौसममा प्राङगारिक मल तथा जैविक विषादीको प्रयोगबाट उत्पादन भएको स्वादिष्ट आलुलाई ब्राडिङ गर्न लागिएको समूहका सचिव भिम रोकाले बताउनुभयो । आकार अनुसार आलुको मूल्य तोकिएको छ । सानोलाई प्रतिकेजी रु. ३५, मध्यमलाई रु. ४० र ठूलोलाई रु. ५० प्रतिकेजी मूल्य कायम गरिएको छ ।

Bhautik ministry notice about road

भकिम्लीमा प्रतिहेक्टर १० देखि १४ मेट्रिक्टन उत्पादन हुने रोजिटा जातको आलु खेती गर्न कृषि ज्ञान केन्द्रले सिफारिस गरेको प्राविधिक श्यामशरण कुर्मीले बताउनुभयो । भकिम्लीको मुसुङ, भुकभुके, छाप आलु खेतीका लागि प्रसिद्ध छ । खायन आलु प्रर्वद्धन कार्यक्रम मार्फत बेलढुङ्गा कृषक समूहलाई केन्द्रले रु. १० लाख अनुदान सहयोग गरेको छ ।

समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवद्र्धन आयोजनाअन्तर्गत म्याग्दीमा एक सय २५ हेक्टर क्षेत्रफलमा खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम सञ्चालन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले बताउनुभयो ।

आलु कार्यक्रमका लागि कम्तीमा १० घरधुरी संलग्न भई न्यूनतम ३० रोपनी क्षेत्रफलमा कृषक समूह र सहकारीमार्फत आलुखेती गरिएको छ । स्थानीय बीउ प्रयोग गरेर आलुखेती विस्तार र उपभोगका लागि बिक्री वितरण गर्ने चक्र चलाउने खायन आलु उत्पादन कार्यक्रमको उद्देश्य हो ।

स्थानीय जातको आलुको संरक्षण, खेती विस्तार र आयआर्जन वृद्धिमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ । खायन आलु कार्यक्रमका लागि कृषि ज्ञान केन्द्रलाई यस वर्ष रु. ३ करोड बजेट प्राप्त भएको थियो । म्याग्दीमा एक हजार छ सय ५० हेक्टर क्षेत्रफलमा आलुखेती भएकामा गत वर्ष २५ हजार चार सय १० मेट्रिकटन उत्पादन भएको थियो ।

अघिल्लो वर्ष एक हजार एक सय ४५ हेक्टर क्षेत्रफलमा आलुखेती भएकामा २३ हजार सात सय ९३ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...