बेनीको खुल्ला मञ्च खेलमैदान विस्तार

Shreekrishna hardware

बेनी, ः म्याग्दीको सदरमुकाम बेनीमा रहेको खुल्ला मञ्च खेलमैदानलाई फराकिलो बनाउन क्षेत्रफल विस्तार गरिएको छ ।

खेलमैदान परिसरमा रहेको बेनी भगवति मन्दिरको पर्खाललाई स्थानान्तरण गरेर खेलमैदानको लम्बाई बढाएर मापदण्ड अनुसारको बनाइएको हो । ११÷११ जना फुटबल खेलाउन मिल्ने बनाउन मन्दिरको पर्खाललाई ३ मिटर पछि सारेर खैलमैदानको लम्बाई १०० मिटर बनाइएको बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।

“यसअघि ९७ मिटर भएको बेनी खुल्ला मञ्चको खेलमैदानको लम्बाई विस्तार गरेर १०० मिटर बनाएका छौ,” उहाँले भन्नुभयो “३८ मिटर चौडाई भएको खेलमैदानलाई ४५ मिटर चाक्लो बनाउन म्याग्दी नदीको किनारमा पर्खाल उठाएर प्याराफिट बनाइसकिएको छ ।”

Shreekrishna

कालीगण्डकी नदीतर्फ खेलमैदान विस्तार गर्न पिल्लर उठाइएको र प्याराफिट बनाउन प्रदेश, संघीय सरकारसँग बजेट प्रस्ताव गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । खेलमैदानको क्षेत्रफल विस्तार गर्न बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा रु. ५० लाख बिनियोजन गरेको थियो ।

सो बजेटबाट खेलमैदान मुनी कालीगण्डकी र म्याग्दी नदीको दोभानमा २ कोठे मलामी घर र मन्दिर परिसरको पर्खाल सार्ने काम अन्तिम चरणमा पुगेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । मलामीघरको माथिल्लो भागमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दी मार्फत ११ वटा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

‘बेनी मिनि रंगशाला’ म्याग्दी जिल्लाको प्राथमिकताप्राप्त र बेनी नगरपालिकाको गौरवको आयोजना हो । यसअघि म्याग्दी नदीको किनारतर्फ १०५ मिटर लामो र ५ मिटर अग्लो पर्खाल बनाएर त्यसमाथि करिब १०० मिटर लामो प्याराफिट बनाइएको थियो ।

दर्शक बसेर खेल अवलोकन गर्ने प्यारापिटको बाहिरी भागमा बल बाहिर जान नदिन र अग्लो तारजाली लगाइएको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा रु. ९ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो ।

फुटबल, क्रिकेट र एथ्लेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुल्ला मञ्च हो । जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यही हुने गर्छ ।

कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्यारापिट बनाउन पिल्लर ठडाइएको छ । दर्शक बस्ने चार तहको प्यारापिट बनाउने योजना छ । हाल नौ÷नौ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११÷११ जनाको टिम खेलाउन सकिन्छ । हाल फुटबल खेल्दा खेलाडीले फालेको बल खोलामा पुगेर हैरान हुन्छ ।

विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट रु. १ लाख बजेट विनियोजन गरेर खुल्ला मञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो । आर्थिक वर्ष २०७७÷७८ र ०७८÷७९ मा बजेट बिहिन हुँदा अलपत्र बनेको बेनी खेलमैदान योजनालाई पूर्णता दिन पछिल्लो २ आर्थिक वर्षमा रु. ५०÷५० लाख बजेट व्यवस्थापन गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...