लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र

khali

बेनी, ः मुस्ताङको लोमान्थाङमा पश्मिनाको कच्चा पदार्थका रुपमा प्रयोग हुने च्याङग्राको भुवा प्रसोधन केन्द्र स्थापना भएको छ ।

नेपाल पश्मिना उद्योग संघले लोमान्थाङमा सञ्चालन गरेको भुवा संकलन केन्द्रमा प्रसोधन गर्ने उपकरण जडान गरेको हो । संघका अध्यक्ष धनप्रसाद लामिछानेले पश्मिनाको गुणस्तर सुधार गर्न भुवाको धुलो र फोहोर झार्ने (डिडस्टिङ) औजार जडान गरिएको बताउनुभयो ।

“कृषकहरुले संकलन केन्द्रमा ल्याउने भुवालाई तत्कालै प्रसोधन गरेर काठमाडौमा रहेको उद्योगमा पठाउने व्यवस्था मिलाएका हौ,” उहाँले भन्नुभयो “काठमाडौ लगेर भुवा प्रसोधन गर्दा तौल घट्ने र झञ्जट थियो । किसानले आफै भुवा प्रसोधन गरेर केन्द्रमा बेच्न सक्छन् ।”

Shreekrishna hardwear in news

भुवा प्रसोधन गर्ने उपकरणको उद्घाटन गर्न लोमान्थाङ पुगेका नेपालका लागि बेलायती राजदुत रब फेनको टोली सोमबार फर्किएको छ । नेपाली च्याङग्राको पश्मिनालाई फार्म देखि फेसनसम्मको मुल्यशृङखलामा ब्राण्डिङ गर्न प्रसोधन केन्द्रको उपकरणले सहयोग पुग्ने राजदुत फेनले बताउनुभयो । नेपाली पश्मिनालाई बेलायतको बजार प्रर्वद्धनका लागि सघाउने राजदुत फेनले प्रतिवद्धता जनाउनुभयो ।

च्याङग्राको भूवा पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो । भेडा र चौरीको तुलनामा च्याङग्राको भुवालाई गुणस्तरीय मानिएको छ । प्राकृतिक रुपमा विरलै उत्पादन हुने च्याङग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दो छ ।

राम्रो गुणस्तरको च्याङग्रा पश्मिनाका लागि आकर्षक मुल्य तिर्न नेपाली खरीदकर्ता तयार भएकाले च्याङ्ग्रापालक कृषकहरुले राम्रो आम्दानी गर्न सक्ने सम्भावना देखिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताउनुभयो ।

khali

नेपालबाट निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङग्राको भुवा प्रशोधन गराएर बनाएको धागो कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ । नेपाल पश्मिना उद्योग संघका अनुसार नेपालबाट वार्षिक रु. ३ अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ ।

बिदेशबाट कच्चा पदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्ला लगायत जिल्लाका कृषकहरुबाट पछिल्लो दुई वर्षयता च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पश्मिना उद्योगी भिम शेरचनले बताउनुभयो । संघले मुस्ताङबाट वार्षिक २ मेट्रिक्टन भुवा संकलन गरेर लैजाने गरेको छ ।

बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । शरिरबाटै झरेर खेर जाने गरेको थियो । तीस प्रतिशतको हाराहारीमा ऊन निकालेपनि बजार नपाउने समस्या थियो । नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भूवा संकलन र काठमाडौमा प्रशोधन केन्द्र स्थापना गरेको छ ।

बैशाख–जेठ–असार महिना च्याङग्राको शरिरबाट भुवा निकाल्ने याम हो । भुवा निकाल्ने सिपसँगै नयाँ प्रबिधि हस्तान्तरण गरिएको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङ लगायतका ठाउँका कृषकहरुले व्यवसायिक च्याङग्रा पालन गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मुस्ताङका अनुसार ५२ हजार च्याङग्रा पालिएको छ ।

अन्तराष्ट्रिय व्यापार केन्द्रले अन्तराष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद् अन्र्तगत नेपाल पशु प्रजनन् तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना संघ र च्याङग्रा पश्मिना किसान संघको समन्वयमा नेपालमै पहिलो पटक गरेको गुणस्तर परिक्षणबाट मुस्ताङी च्याङग्राको भुवा गुणस्तरका हिसाबले उपयुक्त भएको पुष्टि गरेको थियो ।

नेपाल पश्मिना उद्योग संघका अध्यक्ष लामिछानेका अनुसार मंगोलीयामा रहेको अन्तराष्ट्रिय प्रयोगशालामा गरिएको परिक्षणका क्रममा मुस्ताङी च्याङग्राको भुवाको गुणस्तर पश्मिनाको कच्चा पदार्थको रुपमा प्रयोग गर्न उपयुक्त रहेको प्रतिवेदन हालै सार्वजनिक भएको थियो ।

परिक्षणपछि नेपालमा पश्मिनाको कच्चा पदार्थको भूवाको स्रोत रहेको अन्तराष्ट्रिय स्तरमा सन्देश प्रवाह भएको, च्याङग्रापालन विस्तार र पश्मिना उद्योगको सम्भावना बढेको लोमान्थाङका कृषक छिरिङ वाङदी गुरुङले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...